• सोमबार, श्रावण २६,२०८२ 08:56:10
Global IME Bank Limited

वार्षिक औषत २७% लाभांश दिएको एभरेष्ट बैंकको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?

Hyundai Nepal
वार्षिक औषत २७% लाभांश दिएको एभरेष्ट बैंकको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?
Shivam Cement

काठमाण्डौ । एभरेष्ट बैंक नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये एक हो । यो बैंक भारतको पंजाब नेशनल बैंकको ज्वाइन्ट भेञ्चर बैंक हो । पंजाब नेशनल बैंक भारतमा सन् १९९४ मा स्थापित भएको थियो । नेपालमा यो बैंकका १२८ वटा भन्दा बढी शाखा रहेका छन् भने १६४ वटा एटीएम रहेका छन् । यस बैंकमा पंजाव नेसलन बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी १२ अर्ब ९४ करोड रहेको छ । कम्पनीको सेयर प्रिमियम २३ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १३ अर्ब ८८ करोड रुपैंया रहेको कम्पनीको कुल पूँजी ३२ अर्व रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।  

त्यसैगरि, कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३७.९९  रुपैंया रहेको छ भने बुक भ्यालु २४७ रुपैँया रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १६.४४ रुपैयाँ र खराब कर्जा ०.३८ प्रतिशत रहेको छ ।  

 

Shivam Cement
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा यो कम्पनीको सेयर मूल्यलाई पछिल्लोपटकको न्यून मूल्य ५७७ देखि नियाल्दा पछिल्लो पटकको उच्च मूल्य ७७० सम्म वेभ १ देखि ३ वेभ चलेको देखिन्छ । त्यसपछि हालको करेक्सन ७०० सम्म वेभ ४ चलेको देखिन्छ । यहाँ केही समय साइडवेज चलेर पाँचौ वेभमा यो कम्पनीको सेयर भ्यालु अबको ६ महिना भित्रमा ८ सयसम्म पुग्न सक्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्समा यो कम्पनी हाल ४५ को न्यूट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । यो कम्पनीको ५२ साताको उच्च मूल्य ७६५ रुपैयाँ रहेको छ । त्यसैगरि न्यून मूल्य ५७५ रुपैयाँ रहेको छ । यस कम्पनीमा ५९.२३ प्रतिशत संस्थापक र ४०.७७ प्रतिशत सर्वसाधारहरुको स्वामित्व रहेको छ । यस कम्पनीको सेयर ब्रोकर नम्बर ४४,४५ र १७ बाट उच्च होल्डिङ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ आज तलबाट फर्केर मध्य ब्याण्डमा प्रतिरोध सामना गरको देखिन्छ । म्याक्डीमा यस अघि नै बियरिस क्रसओभर बनेको छ भने आरएसआई न्यूट्रल जोन अर्थात नन् ट्रेडिङ जोनमा रहेको छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउले यही मुल्यमा केही समय साइडवेज लिन सक्ने देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ७५७

प्रतिरोध २ – ७४४

प्रतिरोध १–  ७२५

पिभट् प्वइन्टः ७१२

घटेमा सपोर्ट

सपोर्ट १– ६९४

सपोर्ट २– ६८१

सपोर्ट  ३ – ६६३

निष्कर्षः चौंथो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको वित्तीय विवरण सन्तोषजनक रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी , वितरणयोग्य मूनाफा तथा बुक भ्यालुमा सुधार भएको देखिन्छ । कम्पनीको वित्तरण योग्य मुनाफा प्रतिसेयर ३८ रुपैंया रहेको देखिन्छ । प्राविधिक रुपमा यो कम्पनीको सेयर मूल्यलाई इलिअट वेभबाट नियाल्दा हाल चौंथो वेभको करेक्सन चलेको र पाँचौ वेभको बढोत्तरीमा सेयरको मूल्य ८ सयसम्म पुग्न पनि सक्छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा अल्पकालमा केही करेक्सनमा चलेको यो कम्पनीको सेयरमूल्य दीर्घकालमा भने बढोत्तरी लिन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.