आईतवार, फाल्गुन ११,२०८१ 08:06:05
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:06:05
IME remit
Global IME Bank Limited

यस्ता छन् स्टक ब्रोकर्श एसोसियसनका २ उम्मेद्वारका प्रतिबद्धता, आईपीओ जारीदेखि मार्जिन ट्रेडिङ र सर्ट सेलसम्म

Hyundai Nepal
यस्ता छन् स्टक ब्रोकर्श एसोसियसनका २ उम्मेद्वारका प्रतिबद्धता, आईपीओ जारीदेखि मार्जिन ट्रेडिङ र सर्ट सेलसम्म
Nabil Bank Limited

काठमाण्डौ । स्टक ब्रोकर एसोसियसन अफ नेपालको अध्यक्ष छनौटका लागि अन्ततः निर्वाचन हुने प्रबल सम्भावना देखिएको छ । साधारण सभा हुनु भन्दा एक दिन अगाडी दुवै पक्षले चुनावी प्रतिबद्धता जारी गरेपछि अब सर्वसहमतीको सम्भवना टरेर गएको हो । अध्यक्षका एक प्रत्यासि राजकुमार तिमिल्सिनाले चुनाबी प्रतिबद्धता जारी गरिसकेका छन् भने अर्का प्रत्यासि सागर ढकालले पनि आज साँझ नै होटल र्याडिसनमा एक कार्यक्रमका बीच आफ्नो चुनाबी प्रतिबद्धता जारी गर्दै छन् । यस्ता छन् दुबै पक्षको आगामी अध्यक्ष पदका लागि प्रतिबद्धताहरुः  

राजकुमार तिमिल्सिनाः

यस्ता छन् राजकुमार तिमिल्सिनाका चुनानी प्रतिबद्धताः

Shivam Cement
CG Motors
Sagarmatha Cement

पूँजी बजारमा संलग्नता तथा कार्यानुभवः

–विसं २०६१ देखि २०७२ सम्म प्रत्यक्ष रुपमा लगानीकर्ताको रुपमा संलग्न ।

–२०६६ देखि २०७२ सम्म नेपाल इन्भेष्टर्स फोरम (सदस्य, कोषाध्यक्ष, महासचिव हुदै अध्यक्ष

–नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. मा १ कार्यकाल सञ्चालक

–आरएमडिसी लघुवित्त कम्पनीमा १ कार्यकाल सञ्चालक

–विसं २०७२ देखि स्टक ब्रोकर कम्पनी भिजन सेक्युरिटिजको कार्यकारी अध्यक्ष

–स्टक ब्रोकर एसोसिएसनमा एक कार्यकाल कार्यसमितिमा रही कार्य गरेको र एक पटक अध्यक्ष पदमा निर्वाचनमा भाग लिएको ।  कार्य समितिमा नहुँदा समेत प्रत्यक्ष रुपमा एसोसियसनका कार्यहरु तथा गतिविधिहरुमा संलग्न

आगामी कार्यकालमा गरिने कार्यहरुको योजनाः

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले स–गौरव रुपमा तीन दशक पार गरी सकेको र समग्र पूँजी बजारको विकास र विस्तारमा एसोसिएसनले हालसम्म अघि सारेका एजेन्डाहरु जुन पुरा हुन बाँकी छन स्वतः नयाँ कार्यसमितिले अवलम्बन गर्दै स्वामित्व ग्रहण गरि आफ्नो कार्यकालमा पुरा गराउन लाग्ने वाँचा सहित केही विशेष कार्यहरुलाई प्राथमिकता सहित अगाडि बढाईने छ ।

१. क्षेत्रगत विस्तार (कार्यक्षेत्र, प्रोडक्ट विस्तार करोबार योग्य इन्स्ट्रुमेन्टहरुको विकास, सेक्युरिटिज लेन्डिङ बरोइङ, इन्ट्रा डे कारोबारसहितको सर्ट सेल गर्न पाउने व्यवस्था आदिको व्यवस्था गर्ने ।

२. मर्जर तथा एक्वीजिसनलाई सहज बनाउन विनियमवली वा कार्यविधि बनाई लागू गर्न नियामक निकायलाई अनुरोध गर्ने ।

३. धितोपत्र व्यवसाय सञ्चालानार्थ हाल कायम रहेको पूँजीको व्यवस्थालाई व्यवसायको विकास र विस्तार अनुसार पूँजीको औचित्वको वारेमा गहन विचार विमर्श गरिनेछ ।

४. धितोपत्र दलाल व्यवसायीका सञ्चालकहरुलाई स्वघोषणा गरि आफ्नै संस्थाबाट सेयर खरिद बिक्री गर्न पाउने व्यवस्थाको लागि पहल गर्ने ।

५.पूँजी वृद्धिको समय सीमा थप गर्न पहल गर्ने ।

६. विगतदेखि बाँकी रहेको मर्जर तथा एक्युजिसनको पूँजीगत लाभकरको विषयलाई सम्बोधन गर्न नेपाल सरकार अर्थ मन्त्रालयमार्फत सम्बन्धित निकायहरुमा पहल गर्ने ।

७. नयाँ स्टक एक्सचेञ्ज आउने अवस्थामा सदस्य कम्पनीहरुको शेयर स्वामित्व कायम गर्न पहल गर्ने (नेपाल स्टक एक्सचेञ्ज मा पनि केही पुराना ब्रोकर कम्पनीहरुको सेयर स्वामित्व रहेको र अन्तराष्ट्रिय रुपमा पनि केही देशमा व्यवस्था रहेको)

८. शाखा रहित ब्रोकिङ (सेयर कारोबार) वा आधिकारीक प्रतिनिधी मार्फत सेयर कारोबार गर्न पाँउने व्यवस्था गर्न सम्बन्धित निकाय समक्ष पहल गर्ने ।

९.ग्राहकले आफैले अनलाईन लगइन मार्फत बिक्री गरेको सेयर बिक्रीपश्चात स्वतः घटाउन पाउने व्यवस्था कार्यान्वय गर्न ग्राहकहरुले अनिवार्य पीओए मा हस्ताक्षर गर्नु पर्ने व्यवस्था लागु गर्न सम्बन्धित निकायहरुमा पहल गर्ने ।

१०.अक्सन वजारलाई सञ्चालनमा ल्याउन विशेष पहल तथा सहयोगी भूमिका निभाउने सिस्टम बाट राफसाफ नभई विभिन्न कारणले लगानीकर्ता क्लोजआउटमा पर्ने समस्यालाई समेत अक्सन मार्केटबाट सेयर राफसाफ हुने व्यवस्थाको लागि पहल गर्ने ।  

११. फूल फ्लेज ब्रोकर भन्दा माथिका ब्रोकर कम्पनीहरुको सार्वजनिक निष्कासन गर्ने व्यवस्थाका लागि पहल गर्ने ।  

१२. मार्जिन ट्रेडिङको लागि श्रोतको व्यवस्थापन गर्ने विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक सँग समन्वय गरि कार्यान्वयन गर्न लगाउने र मार्जिन कारोबारका लागि आवश्यक कानूनी व्यवस्था गर्न विनियमावली निर्माणको कार्यलाई अविलम्ब पुरा गर्न सम्बन्धित निकायमा पहल गर्ने ।

१३. एसोसियसन मातहतमा पूँजीबजार र तालिम संस्था  स्थापना गरि सदस्य कम्पनीका कर्मचारीहरु तथा लगानीकर्ताहरुलाई तालिम दिने व्यवस्था गर्ने ।

१४. सेयर कारोबारमा निहीत जोखिम कम गर्न आवश्यक प्रणाली ल्याउन  वा अन्य  प्रणालीको विकास गर्न पहल गर्ने ।

१५. यस संघको सबल र सक्षम सचिवालय बनाउन आवश्यक थप कार्य गरिनेछ ।

१६. वार्षिक कार्ययोजना बनाई लागू गर्ने र कार्ययोजना उपर भएका प्रगतिको समीक्षा गरि कम्तीमा अर्ध वार्षिक रुपमा सबै सदस्यहरुलाई जानकारी गराउने ।

१७. ब्रोकर कम्पनीहरुलाई वित्तिय प्रोडक्टहरु विक्रि गर्न संस्थागत विक्रेताको रुपमा कार्य गर्न पाउने व्यवस्थाको लागि पहल गर्ने । 

१८. यस कार्यकालमा त्रैमासिक रुपमा संघका सदस्यहरुसंग अन्तरक्रिया गर्दै संघका थप योजना र कार्य अगाडि बढाउने गरि प्रणालीको थालनी गरिनेछ ।

सागर ढकाल  

सागर ढकालले अहिले पाँच बजे होटल र्याडिसनबाट आफ्ना प्रतिबद्ताहरु सार्वजनिक पनि गर्दै छन् । ढकालका चुनाबी प्रतिबद्धताहरु निम्न अनुसार छन्ः  

प्रतिबद्धताहरू

१. पूँजी बजारमा अत्यावश्यक रहेका विभिन्न वित्तिय औजार तथा कारोबार औजारहरु जस्तै मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटि डेरिभेटिभ आदिको विकास गरी सञ्चालन गर्न पहल गर्ने ।

२. धितोपत्र दलाल व्यवसायीहरुले प्रदान गर्न सकिने विभिन्न सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न पाउने सेवाहरु प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।

३.हाल २ वटा मात्र डिम्याट खाता खोली सेयर कारोबार गर्न पाउने सम्बन्धी व्यवस्थाका कारण सेयर कारोबारमा जोखिम बढेको हुँदा यसलाई खुला गर्न पहल गर्ने ।

४. नेपाल धितोपत्र बोर्डबाट अनुपालना कायम नगर्ने धितोपत्र दलाल व्यवसायीलाई कारोबार निलम्बन गर्दा यसले सो धितोपत्र दलाल व्यवसायीसँग आबद्ध ग्राहकहरुलाई मार पर्ने भएको कारण कारोबार निलम्बन गर्नुका सट्टा कम्पनीलाई आर्थिक जरिवाना गरी कारबाही गर्ने व्यवस्था गर्ने ।

५ हाल धितोपत्र दलाल व्यवसायी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणासम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा यस्तो सीमा ५० गुणासम्म बनाउन पहल गर्ने ।

६ २० करोड पूँजी भएका धितोपत्र ब्रोकर्शहरुले मार्जिन लेण्डिंग तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधन गर्न पहल गर्ने ।

७. सञ्चालनमा रहेका धितोपत्र दलाल व्यावसायी कम्पनीका सेयरधनीहरुलाई आफ्नै संस्थाबाट सेयर खरिद बिक्री गर्न पहल गर्ने ।

८. खरिद गरि तोकिएको समय सीमाभित्र खरिद बापतको रकम भुक्तानी गर्न अटेर गर्ने ग्राहकहरुको सेयर बिक्री गरी राफसाफ गर्ने हालको व्यवस्थालाई संशोधन गरी सहज बनाउने । हाल सञ्चालनमा रहेको धितोपत्र ऐन तथा यस अन्तर्गतका विभिन्न नियमावली, विनियमावली लगायत समग्र पूँजी बजार को विकास, विस्तार र आधुनिकीकरणका लागि आवश्यक नीति नियमहरुको विकास गर्ने तथा हाल सञ्चालनमा रहेका कानूनी व्यवस्था तथा नीतिहरुलाई संशोधन गर्न आवश्यक नेतृत्व प्रदान गर्ने

९. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुबीच एक आपसमा मर्जर तथा प्राप्ति गर्न सकिने गरी कार्यविधिको विकास गरी लागू गर्ने ।

१०. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुको आईपीओ निष्काशन गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गराई यसको माध्यमबाट आगामी दिनमा धितोपत्र दलाल व्यवसायी कम्पनीको पूँजी वृद्धि गर्न मिल्ने व्यवस्था मिलाउने ।

११. धितोपत्र दलाल व्यवसायीहरुको पूँजी वृद्धि सम्बन्धी व्यवस्था हाल २०८२ असार मसान्त सम्म रहेकोमा सो समयावधि कम्तीमा ६ महिना देखि १२ महिनासम्म थप गर्न व्यवस्था मिलाउने ।

१२. पूँजी बजार अन्तरगत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण तथा पूँजी बजार को आधुनिकीकरणका लागि नियामक निकाय, स्टक एक्सचेन्ज तथा सिडिएससिलाई आवश्यक पर्ने विभिन्न प्रणालीहरु जस्तै सर्भेलियन्स सिस्टम, म्याचिङ इन्जिन, मार्केट इन्फरमेसन सिस्टम आदिलाई अपग्रेड गरी सञ्चालन गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।

१३. अक्सन बजारलाई सञ्चालन गरी हाल ग्राहक क्लोज आउट हुने व्यवस्थालाई हटाउन नीतिगत व्यवस्था गरी अक्सन मार्केट सञ्चालनमा ल्याइने ।

१४. सेटलमेन्ट ग्यारेन्टी फण्डको सञ्चालनका लागि कार्यविधि संशोधन गरी सञ्चालनमा ल्याइने तथा सो फण्डमा विभिन्न सरकारी निकायमा रहेको आइडल फण्डहरु थप गरी फण्डको आकार बढाइने ।

१५. नेपाल स्टक एक्सचेन्ज, सिडिएससी तथा नेपाल धितोपत्र बोर्डको बेवसाइटमार्फत सम्पूर्ण सूचिकृत कम्पनीको वित्तिय तथ्यांक, त्रैमासिक विवरण, वार्षिक प्रतिवेदन, सञ्चालक तथा व्यवस्थापन लगायत प्रमुख सेयरधनीहरुको विवरण लगायतका जानकारीहरु प्रकाशित हुने व्यवस्था मिलाउन आवश्यक पहल गरिने ।

१६. लगानीकर्ता सचेतना तथा सेयर लगानी सम्बन्धी जनचेतनाका लागि नेपाल धितोपत्र बोर्ड तथा स्टक एक्स्चेन्जसँगको सहकार्यमा तालिम, वर्कसप तथा सेमिनार कार्यक्रमहरु सञ्चालन गर्ने । साथै सबै धितोपत्र दलाल व्यवसायी कम्पनीहरुलाई डिजिटल माध्यमबाट पढ्न तथा हेर्न सकिने गरी सेयर लगानी तथा सचेतना सम्बन्धी सामाग्रीहरु तयार गरी प्रकाशन गर्ने व्यवस्था गरिने ।

१७. धितोपत्र दलाल व्यवसायीहरुले आफैँले धितोपत्र कारोबार प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन हालको नीतिगत व्यवस्थालाई संशोधन गर्न पहल गर्ने ।

१८. पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको लागि सदैव तरबारको रुपमा रहेको पूँजीगत लाभकरको व्यवस्थालाई नीतिगत रुपमै अन्तिम कर घोषणा गर्न आवश्यक पहल गर्ने ।

१९. सूचिकृत कम्पनीहरु मर्जरका कारण पूँजीगत लाभकरमा को समस्यालाई समाधान गर्न थप हटाउन सम्बन्धित निकायसँग पहल गर्ने ।

२०. सिडिएससी मार्फत हाल नेपाल स्टक एक्सचेन्जबाट भएको कारोबारमात्रै राफसाफ हुने व्यवस्था रहेकोमा आगामी दिनमा बजार समय भन्दा अगावै वा बजार समयपछि धितोपत्र दलाल व्यवसायी कम्पनीको मध्यस्थतामा भएको अफ मार्केट कारोबारलाई समेत सिडिएससीबाट राफसाफ हुने व्यवस्था मिलाइने ।  

२१. स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जारी गरेको आईडी कार्डबाट सिंहदरबार लगायतका सरकारी निकायहरुमा सहज  प्रवेश गर्न पाउने व्यवस्था मिलाउने ।  

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.