काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाको मंसिर मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकको निर्णयानुसार संस्थाका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।