मंगलवार, श्रावण ५,२०८३ 10:21:53
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:21:53
Bizshala
Global IME Bank Limited

बर्षा बस्नेत बनिन् ‘टिभिएस मोटोसोल’मा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता

बर्षा बस्नेत बनिन् ‘टिभिएस मोटोसोल’मा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
New Office

काठमाण्डौ । टिभिएस मोटोसोल’मा १२५ सीसी स्कुटर डर्ट रेस बर्षा बस्नेतले जितेकी छिन् । उनले ‘टीभीएस मोटोसोल २०२४’ को १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पारेकी हुन् ।  

टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो । विगत ३ संस्करणदेखि चौथौँ संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिनबीचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको कम्पनीले जनाएको छ ।  

‘टीभीएस मोटोसोल,ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग’,भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथो संस्करण हो । महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असिमित उत्साहले भरिदिएको आयोजकले बताएका छन् ।  

महोत्सवको यस चौथौँ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.