काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा स्वावलम्बन लघुवित्त,अरुण भ्याली हाईड्रोपावर र गँरास लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २५० कित्ता,अरुण भ्याली हाईड्रोको ११ लाख २० हजार ७७८ कित्ता र गुँरास लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता गरी कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
स्वावलम्बन लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत,अरुण भ्याली हाईड्रोपावरले ३ प्रतिशत र गँरास लघुवित्तले १४.२५ प्रतिशत लाभांश घोषणा गरेका थिए ।