बिहीबार, पुष ११,२०८१ 06:00:51
IME remit
  • बिहीबार, पुष ११,२०८१ 06:00:51
IME remit
Global IME Bank Limited

एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

Hyundai Nepal
एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जनसचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै समापन भएको छ । हरेकवर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरि समापन भएको हो ।  

यस १६ दिने अभियानको सुरुवात ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानूनी प्रावधानहरू’शीर्षकको ज्ञानवर्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो ।  यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाकाअधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानूनी प्रावधानहरूको बारेमा समुदाय र सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्य लिइएको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए ।

Bizshala
Shivam Cement
CG Motors

यसै अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाण्डौले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’कार्यक्रम पनि सञ्चालन गरिएको थियो । यस संयक्त पहलले सरकारी तथा निजी गरि १२ विद्यालयमा करिब १७ सय विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराई विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने काम गरिएको थियो ।  

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका थिए ।  

अभियानको समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उप–मेयर मंजली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेलजस्ता विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए । यस अवसरमा लैङ्गिक असमानता, जलवायु परिवर्तनर महिलामाथि हुने हिंसाका चुनौतीहरू र समाधान विषयमा प्यालन डिस्कसनको आयोजना भएको थियो ।  

यसको सञ्चालन जोन्टा इन्टरनेशनलको जिल्ला २५ समितिकी अध्यक्ष सोनि जोशीले गरेकी थिइन् । प्यानलमा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विशाखा लक्ष्मी खड्का, खालिसिसीका सीईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, इसीमोडकी मन्दिरा श्रेष्ठ, र युनेस्कोकी जुही अधिकारी जस्ता विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो । यस छलफलसहकार्यमा आधारित समाधानहरू अपनाई लैङ्गिकअसमानता समाधान गर्ने, जलवायु परिवर्तनले प्रभावितहुने जनसमुदायलाई सहयोग पु¥याउने र यसमा युवाहरुको भुमिका र उपायहरूका बारेमा केन्द्रित थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

अभियानको बारेमा आफ्नो विचार व्यक्त गर्दै, एनसेलकी विशाखा लक्ष्मी खड्का हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआरले भनिन् ‘यस अभियानले संयुक्त रुपमा गरेका पहलले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पुष्टि गरेको छ । विविध सरोकारवालाहरूलाई समेटेर युवाहरूको आवाजलाई सशक्त बनाएर, हामीले लैङ्गिक हिंसामुक्त भविष्य निर्माणतर्फ हाम्रो पहल र आवश्यक सहयोग सुरु गरेका छौं ।’

जोन्टा क्लब काठमाण्डौकी अध्यक्ष,बिना राणाले लैङ्गिक हिंसा, बालविवाह र जलवायु परिवर्तनसँगको सम्बन्धको विषयमा सामूहिक साझेदारीको आवश्यकताका जोड दिइन् । उनले यस १६ दिनको सक्रियता अभियानको सफलताबारे चर्चा गर्दै, एनसेल फाउन्डेसन र साथीको समर्थनमा‘ओरेन्ज द स्कूल’पहलले १२ विद्यालयका १,७०० भन्दा बढी विद्यार्थी माझ लैङ्गिक हिंसा, बालविवाह र साइबर सुरक्षा सम्बन्धी चेतना फैलाउन सफल भएको बताइन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.