फोर्डले बजारबाट ५.५० लाख युनिट पिकअप ट्रक फिर्ता मगाउने
काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले ५ लाख ५० हजार युनिट एफ–१५० पिकअप बजारबाट फिर्ता मगाएको छ । पिकअप ट्रकको गियरमा समस्या देखिएपछि कम्पनीले अमेरिकी बजारबाट ५.५० लाख युनिट फिर्ता मगाउने निर्णय गरेको हो । यो पिकअप ट्रकको ६ वटा गियर रहेको छ । पहिलो गियर एकदमै कम गतिमा कुदाउनका लागि प्रयोग गरिन्छ । त्यसैले तीव्र गतिमा रहेको बेला अचानक पहिलो गियर प्रयोग गर्दा ट्रक...

