मंगलवार, कार्तिक ३,२०८३ 12:44:55
  • मंगलवार, कार्तिक ३,२०८३ 12:44:55
Global IME Bank Limited

यामाहाका जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध

Bizshala
यामाहाका जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध
New Office

काठमाण्डौ । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ । जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ। यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन्।

नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको कम्पनीले जनाएको छ। ग्राहकहरूले अब शोरूममा गएर पार्ट खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न पनि सकिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ। यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन्। यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पुर्‍याउँने कम्पनीले उल्लेख गरेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्टहरूको प्रयोग महत्त्वपूर्ण हुन्छ। सस्तो वा नक्कली पार्ट प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुर्‍याउने सम्भावना बढी हुन्छ। अब दराजमा यामाहाका १०० प्रतिशत असली स्पेयर पार्टहरू पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्ने कम्पनीको दाबी छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.