काठमाण्डौ । अन्तर्राष्ट्रियस्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको घोषणा गरेको छ। यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको संकेत गरेको कम्पनीले जनाएको छ ।
यस सफलताको अवसरमा आजसेरेसले एक विशेष केक काट्ने समारोह आयोजना गरेको थियो । कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सकाप्रबन्ध निर्देशक विवेक सिकरिया रसीईओ प्रशन्न पन्तलगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले भने, ‘नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम ईभी सोलुसन्सको प्रमाण हो । नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौँ। सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिश डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाईसँग मेल खान्छ। यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्छ।’
सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छर यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्ड समेत बनिसकेको छ। यस ब्रान्डलेअमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र रअमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ।
सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीहरू मध्ये एक हो। सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ।
अबको योजना अनुसारसेरेस ग्रुपले सन् २०२६ भित्रः एम७, एम८ रः एम९ गरी तीन नयाँ ईभी मोडलहरू सार्वजनिक गर्नेछ । सेरेसको गुणस्तर र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता मिलिरहेको छ। इन्डोनेसियामा सेरेसले ‘फेभरेट कार लन्च’, ‘मोस्ट अफोर्डेबल कार’ र ‘फेभरेट कमर्सियल भेहिकल’जस्ता तीन प्रमुख ईभी अवार्डहरू जितेको छ। यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।