हिमालयन बैंकको नाफा ८१.५९% ले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आव २०८०÷८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा ८१.५९ प्रतिशतले बढी हो । बैंकले खुद ब्याज आम्दानी पनि १७.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ११ अर्ब...

