सेयरबजारको वृद्धि आजपनि जारी, कारोबार रकममा भने संकुचन
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२२ प्रतिशत अर्थात् ६.०३ अंकले बढेर २ हजार ६५४.९३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले बढेर ४५६.५१ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका १ करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा कुल...

