सेबोन अध्यक्षको प्रश्न-'म कहाँ बिग्रिएँ र सुध्रिनुपर्ने ? काम नै गर्न नदिने अनि 'काम गर्न सकेन' भन्न पाइन्छ ?'
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूले गरेको गल्ती देखाइदिए सच्चिन तयार रहेको उद्घोष गरेका छन् । बिजशालासँगको कुराकानीमा अर्थमन्त्री रामेश्वर खनालले सेबोन अध्यक्ष सुध्रिनुपर्छ भनेपछि त्यसको प्रतिउत्तरमा सेबोन अध्यक्ष श्रेष्ठले आफू बिग्रिएको ठाउँ र गरेको गल्ती देखाइदिए सुध्रिन तयार भएको प्रतिक्रिया दिएका हुन् ।

