कालिञ्चोक हाईड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

