११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूह मात्रै बढेको छ भने बाँकी १० वटा उपसूचक घटेको छ । बीमा समूहका दुईवटै...

