हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिक्री आम्दानी पनि ४१.४४ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १...

