आयल निगमका डिपोहरुबाट साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने
काठमाण्डौ । नेपाल आयल निगमका डिपोहरुबाट आगामी साउन १ गते पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने भएको छ । साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले इन्टरप्राइज रिसोर्स प्लानिङ(ईआरपी)प्रणालीमा डेटा अपडेट गर्नु पर्ने भएकाले त्यसदिन बिलिङ सिस्टम बन्द हुने निगमले जनाएको छ । साउन १ गते बिलिङ सिस्टम बन्द भएतापनि पेट्रोलियम पदार्थको वितरण भने सुचारु नै रहने निगमले स्पष्ट...

