शुक्रबार, श्रावण ८,२०८३ 10:33:26
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 10:33:26
Bizshala
Global IME Bank Limited

बेटिङविरुद्ध प्राधिकरणको कडा अभियानः दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द

बेटिङविरुद्ध प्राधिकरणको कडा अभियानः दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
New Office

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार नियन्त्रण गर्ने अभियानलाई तीव्र बनाउँदै हालसम्म दुई लाख २३ हजारभन्दा बढी वेबसाइट तथा मोबाइल एप बन्द गरेको जनाएको छ। नयाँ नाम र डोमेनमार्फत निरन्तर सञ्चालनमा आउने यस्ता प्लेटफर्मविरुद्ध प्राधिकरणले प्रविधि र निगरानी दुवैलाई सशक्त बनाएको छ।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसम्बन्धी वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार नेपालमा सञ्चालनमा रहेका बेटिङ प्लेटफर्महरू बन्द गर्ने अभियान सुरु गरिएको थियो।

यद्यपि, प्रतिबन्धपछि पनि नयाँ नाम र नयाँ डोमेनमार्फत यस्ता वेबसाइट सञ्चालनमा आउने क्रम नरोकिएको प्राधिकरणले जनाएको छ। विशेषगरी फिफा विश्वकपको समयमा अनलाइन बेटिङको गतिविधि बढ्न सक्ने आँकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोसमेत बढेपछि प्राधिकरणले कारबाहीलाई थप तीव्र बनाएको हो।

यस अभियानका लागि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरेको छ। विश्वकप सुरु भएदेखि इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिलाई प्राधिकरणमै परिचालन गरी शंकास्पद वेबसाइट र एपको पहुँच अवरुद्ध गर्ने कार्य निरन्तर भइरहेको छ।

आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइटका यूआरएल ब्लक गरिन्छ। ठूलो संख्यामा वेबसाइट सञ्चालनमा आउने भएकाले एक–एक गरेर पहिचान गर्न कठिन हुने हुँदा विभिन्न अधिकारप्राप्त निकायले पहिचान गरेका वेबसाइटहरूलाई प्राथमिकताका साथ बन्द गरिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.