बिहीबार, बैशाख २४,२०८३ 10:12:42
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 10:12:42
पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्यो
NEWS

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्यो

काठमाण्डौ । पेट्रोलको मूल्य पुनः बढेको छ । आज मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य १ रुपैयाँले बढाएको छ भने डिजल मट्टितेलको मूल्य भने घटाएको छ ।  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ४ रुपैयाँले घटेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । 

शरीरको ५-६% भाग जलेपछि अर्थमन्त्री र मेयर चिकित्सकको उच्च निगरानीमा, बलूनमा हाइड्रोजन ग्यास भरिनुको कारण खोज्दै प्रहरी
NEWS

शरीरको ५-६% भाग जलेपछि अर्थमन्त्री र मेयर चिकित्सकको उच्च निगरानीमा, बलूनमा हाइड्रोजन ग्यास भरिनुको कारण खोज्दै प्रहरी

काठमाण्डौ । शनिवारदेखि पोखरामा सुरु हुने ’पोखरा भ्रमण वर्ष २०२५’ को समुद्घाटनका क्रममा बलुन बिस्फोट भएर घाइते हुन पुगेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।  अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री र मेयर दुवैको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको छ । बेलुन विस्फोट भई फैलिएको...

'केपी ओली संसद् विघटन गर्ने गृहकार्यमा छन्'
NEWS

'केपी ओली संसद् विघटन गर्ने गृहकार्यमा छन्'

भोजपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाएका छन् ।  माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोश्रो अधिवेशनको शनिबार उदघाटन गर्दै पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताए ।  पुनले प्रमुख सत्तारुढ घटक...

‘अर्थमन्त्रीलाई जिउँदै जलाउन खोजिएको हो ?’ प्रहरी भन्छ–‘कारण जे पनि हुनसक्छ, दोषी बच्दैन’
NEWS

‘अर्थमन्त्रीलाई जिउँदै जलाउन खोजिएको हो ?’ प्रहरी भन्छ–‘कारण जे पनि हुनसक्छ, दोषी बच्दैन’

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेललाई षड्यन्त्रमूलक ढंगले जिउँदै जलाउने प्रयास भएको हो ? पोखरामा भएको एउटा घटनापछि प्रहरीले यो कोणबाट समेत अनुसन्धान थालेको छ ।  पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा शनिवार दिउँसो विद्युतको कनेक्सन रहेको बेलुन एक्कासी बिस्फोट भई उठेको ठूलो आगोको लप्काले भेटेर अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् ।  सो...

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित
NEWS

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

काठमाण्डौ । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम भएको छ ।महानगरका उप–निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८२/८३ मा सङ्घीय सरकारबाट...

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९% मा खुम्चियो
ECONOMY& POLITICS

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९% मा खुम्चियो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४.८३ प्रतिशत र खर्च ४०.५८ प्रतिशत छ ।सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो भने रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर...

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
TOURISM

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

काठमाण्डौ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।यसमध्ये ५ हजार ७९३ जनाले पर्यटक प्रहरीमा अभिलेखका लागि नाम...

नेपाल–भारत कृषि सम्मेलन २०२५ सम्पन्न, नेपाली टोलीको सक्रिय सहभागिता
NEWS

नेपाल–भारत कृषि सम्मेलन २०२५ सम्पन्न, नेपाली टोलीको सक्रिय सहभागिता

काठमाण्डौ । भारतको मधुबनीस्थित कृषि विज्ञान केन्द्र, चानपुरा मा आयोजित कृषि विकास सम्मेलन तथा मेगा एग्री एक्स्पो २०२५ सम्पन्न भएको छ। नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको नेतृत्वमा ३४ सदस्यीय नेपाली टोलीले सम्मेलनमा सक्रिय सहभागिता जनाएको थियो।फेब्रुअरी ७ देखि ९ सम्म चलेको यो अन्तर्राष्ट्रिय सम्मेलन ‘कृषि विकासका लागि दृष्टिकोण र उदाउँदो चुनौतीहरू –...

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
NEWS

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाण्डौ । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा सम्झौता भएको हो ।प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता...

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका
NEWS

एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर, न्यूम्यू सनग्लास जित्ने मौका

काठमाण्डौ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ।  यस विशेष योजनामा ग्राहकहरूले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन्।यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण वितरण सुरु
NEWS

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण वितरण सुरु

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतका तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा हिजो बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाण्डौमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको हो । पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन...

माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजना निमार्णको काम सूचारु
NEWS

माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजना निमार्णको काम सूचारु

काठमाण्डौ । स्थानीयहरुको आन्दोलनका कारण बन्द भएकोे रसुवाको उत्तरगया गाँउपलिका एकमा निमार्णाधिन माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजनाको निमार्णको काम सूचारु भएको छ ।तीरुमा हालै निमार्ण गरिएको एकिकृत बस्ति तथा गोगने मैलुङ गाँउमा आयोजना निमार्ण गर्दा परेको असरको भुर्गभविदले अध्ययन गरि प्रतिबेदन तयार पारेको अधारमा आयोजनाले काम गर्ने गरि सहमति जुटे सँगै आन्दोलन...

अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर, भन्सारमा भट्टराई र आन्तरिक राजश्वमा दहाल
NEWS

अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर, भन्सारमा भट्टराई र आन्तरिक राजश्वमा दहाल

काठमाण्डौ । अर्थमन्त्रालयले सचिवपछि सहसचिवहरुको समेत व्यापक सरुवा गरेको छ । 

धरहरा प्रवेश शुल्कबाट ३ महिनामा १.५२ करोड राजश्व संकलन
NEWS

धरहरा प्रवेश शुल्कबाट ३ महिनामा १.५२ करोड राजश्व संकलन

काठमाण्डौ । धरहरा प्रवेश शुल्कबाट ३ महिनामा १ करोड ५२ लाख राजश्व संकलन भएको छ । माघ २४ गतेसम्म धरहरा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो ।  आम सर्वसाधारणका लागि गत मंसिर ९ गतेदेखि शुल्कसहित धरहरा खुला गरिएका थियो ।  गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःर्निर्माण पश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय...

महानगरले फागुन ७ देखि हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाउदै
NEWS

महानगरले फागुन ७ देखि हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाउदै

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले यातायात आवागमनलाई चुस्त बनाउन हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाएको छ । यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा नं ५ अन्तर्गतका हाँडीगाउँ क्षेत्रका सडक फागुन ७ गतेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी गरेको हो ।  यससागै अब हाँडीगाउँको थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल...

केबलकार विवादका विषयमा आज गृहमन्त्रीसँग छलफल हुने
NEWS

केबलकार विवादका विषयमा आज गृहमन्त्रीसँग छलफल हुने

काठमाण्डौ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता
NEWS

इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

काठमाण्डौ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपैयाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट ...

३२ वर्षमै १०० बच्चाको पिता
OFF THE BEAT

३२ वर्षमै १०० बच्चाको पिता

काठमाण्डौ । अमेरिकामा एक ३२ वर्षीय युवक १ सय बच्चाको पिता बन्दैछन् । हालसम्म ८७ जना बच्चाको जैविक पिता बनिसकेका काइल गार्डी अबको केही दिनमै थप केही बच्चाको बाउ बन्दैछन्, जसका कारण उनका सन्तानहरुको संख्या १ सय नाघ्नेछ ।गार्डी विश्वकै सबैभन्दा चर्चितमध्येका एक शुक्रकिट दाता हुन्। क्यालिफोर्नियाका बासिन्दा गार्डीका सन्तानको संख्या १ सय पुगेसँगै उनी सय बढि सन्तान हुने...

'केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ'
TOURISM

'केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ'

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार...

हड्तालमा उत्रिदै ग्यास उद्योगी, माघ २९ गतेदेखि पीडीओ नउठाउने निर्णय
NEWS

हड्तालमा उत्रिदै ग्यास उद्योगी, माघ २९ गतेदेखि पीडीओ नउठाउने निर्णय

काठमाण्डौ । नेपालमा फेरी केही वर्षअघिजस्तै ग्यास अभाव हुने देखिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले यहि माघ २९ गतेदेखि खरिद आदेश (पीडीओ) नउठाउने निर्णय गरेसँगै ग्यास अभाव हुने देखिएको हो ।  सरकारले आफ्नो माग पुरा नगरेको भन्दै संघले पीडीओ नउठाउने जनाएको छ । आफूहरुको माग पुरा नभएसम्म ग्यास खरिद आदेश नउठाउने र हड्ताल समेत गर्ने संघले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X