शुक्रबार, आश्विन ३०,२०८३ 01:01:26
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:01:26
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्ने

Bizshala
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्ने
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा छलफल गर्ने भएका छन् ।

छलफलमा अर्ग्यानिक कृषि क्षेत्रको विकास, उत्पादन विस्तार, बजार व्यवस्थापन तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली जैविक उत्पादनको पहुँच बढाउने विषयमा छलफल हुने बताइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अग्र्यानिक एग्रो इन्डस्ट्रिका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन् ।

नेपाल अर्ग्यानिक संघ जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनमा सक्रिय संस्था हो। संघले नेपालमा अर्ग्यानिक उत्पादनको विस्तार, गुणस्तर अभिवृद्धि र बजार प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै आएका छन्। यस क्रममा व्यवसायीले उठाएका समस्या, सुझाव तथा जायज मागका आधारमा आवश्यक नीतिगत सहजीकरण र समाधानका पहल गर्ने सरकारको नीति रहेको जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.