आईतवार, आश्विन १८,२०८३ 07:28:53
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:28:53
Bizshala
Global IME Bank Limited

कर्णालीमा सत्ता समीकरण फेरबदलको संकेतः मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस

Bizshala
कर्णालीमा सत्ता समीकरण फेरबदलको संकेतः मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस
New Office

काठमाण्डौ । कर्णाली प्रदेशमा सत्ता समीकरण परिवर्तनको प्रक्रिया थप निर्णायक चरणमा पुगेको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै प्रदेश सरकार संकटमा परेको हो।

बुधबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले नेकपासँगको सहकार्यलाई निरन्तरता दिने निर्णय गर्दै प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको हो।

मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता भएको प्रस्तावमाथि बिहीबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने कार्यसूची छ। प्रस्ताव पारित भए मुख्यमन्त्री कँडेल पदबाट हट्नेछन् र प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको बाटो खुल्नेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र एक स्वतन्त्र सांसद छन्।

हालको समीकरण हेर्दा अविश्वास प्रस्ताव पारित गर्न कांग्रेस र नेकपाको संयुक्त मत निर्णायक देखिएको छ। दुवै दलका सांसद एकै ठाउँमा उभिए प्रस्ताव पारित हुने सम्भावना बलियो बनेको छ।

मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले ३१ साउनमा राजीनामा दिएपछि सत्ता साझेदारीमा तनाव देखिएको थियो। त्यसपछि कांग्रेसका पाँच र नेकपाका ११ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो।

कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै कर्णालीमा नयाँ सरकार गठनको राजनीतिक अभ्यास सुरु भएको छ। अब प्रदेशसभा बैठकमा हुने मतदानले मुख्यमन्त्री कँडेलको राजनीतिक भविष्य र प्रदेशको आगामी सत्ता संरचना निर्धारण गर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.