बिहीबार, बैशाख २४,२०८३ 07:52:55
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 07:52:55
आज ललितपुरमा यी स्थानमा बिजुली काटिने
NEWS

आज ललितपुरमा यी स्थानमा बिजुली काटिने

काठमाण्डौ । आज ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज ललितपुरका विभिन्न स्थानमा बिहान साढे ९ बजेदेखि ४ बजेसम्म बिजुलीको लाइन काटिने जनाएको हो ।  

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत
NEWS

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले आफूले लामो समयदेखि माग गर्दै आएको कालो बजारी ऐन लगायत अन्य ऐनहरुमा सरकारले अध्यादेशहरुमार्फत गरेको संशोधनलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।‘समयसापेक्ष र...

कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री
NEWS

कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलका दिवंगत सह–संस्थापक स्टिभ जब्सले भारतको कुम्भमेलाका बारेमा ५० वर्षअघि लेखेको चिठ्ठी ५ लाख डलर बढीमा बिक्री भएको छ । जब्सले कुम्भमेलाका बारेमा सन् १९७४ मा चिठ्ठी लेखेका थिए । उनले आफ्नो १९ औं जन्मदिन अघि उक्त पत्र लेखेका थिए ।  हस्तलिखित उक्त चिठ्ठीमा भारत र आध्यात्मिकताका बारेमा चर्चा गरिएको छ । यसमा उनले आफ्ना भावना तथा भारतमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्ब बढी राजश्व संकलन
NEWS

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्ब बढी राजश्व संकलन

काठमाण्डौ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट ६ महिनामा २३ अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वीरगञ्जमा रहेको सिर्सिया सुक्खा बन्दरगाहबाट २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँबराबरको राजश्व संकलन भएको हो ।  यो रकम कूल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत हो । गत साउन महिनामा यो बन्दरगाहबाट ३ अर्ब ७५ करोड २२ लाख राजस्व संकलन भएको थियो । त्यस्तै भदौ महिनामा...

सरकार ढल्ने हल्ला फेरि निस्तेज, कांंग्रेसले भन्यो-'गठबन्धनमा समस्या छैन, पूरा समय टिक्छ'
ECONOMY& POLITICS

सरकार ढल्ने हल्ला फेरि निस्तेज, कांंग्रेसले भन्यो-'गठबन्धनमा समस्या छैन, पूरा समय टिक्छ'

काठमाण्डौ । गठबन्धन सरकार ढल्ने चौतर्फी हल्लालाई चिर्दै संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले फेरि एकपल्ट आफ्नो पोजिसन स्पष्ट पारेको छ ।  आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा डाकिएका पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग ब्रिफिङ लिएपछि नेताहरुले गठबन्धन तलमाथि हुने अवस्था नरहेको र सरकारले हालै ल्याएका ५ अध्यादेशको विषय...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।  

मक्र्योरले खोल्यो नेपालमा आफ्नो पहिलो होटल
TOURISM

मक्र्योरले खोल्यो नेपालमा आफ्नो पहिलो होटल

काठमाण्डौ । सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मक्र्योर काठमाण्डौको सुकेधारामा उद्घाटन भएको छ । काठमाण्डौको मुटुमा अवस्थित नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरूलाई न्यानो आत्मीय बसाइ प्रदान गर्ने कम्पनीले जनाएको छ।मर्योर काठमाण्डौ सुकेधारा हाइट्सका सोचविचार गरेर डिजाइन गरिएका हरेक...

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल
ECONOMY& POLITICS

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्रि डाईरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो ।

रुसमाथि युक्रेनको हालसम्मकै ठूलो आक्रमण, चाडै जवाफी हमला गर्ने रुसको चेतावनी
NEWS

रुसमाथि युक्रेनको हालसम्मकै ठूलो आक्रमण, चाडै जवाफी हमला गर्ने रुसको चेतावनी

काठमाण्डौ । युक्रेनले रुसमा युद्ध सुरु भएपछिको ‘सबैभन्दा ठूलो’ आक्रमण गरेको दाबी गरेको छ । युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइ आक्रमण गरिएको छ । तीमध्ये केही सीमाबाट सयौं किलोमिटर टाढा थिए।युक्रेनको खुफिया एजेन्सीले यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ। तर रुसले युक्रेनले प्रहार गरेको...

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन, गत वर्षको तुलनामा ६३ अर्ब बढी
ECONOMY& POLITICS

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन, गत वर्षको तुलनामा ६३ अर्ब बढी

काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा यो १३  प्रतिशतले बढी हो ।  गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध...

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज देशभर मकर सङ्क्रान्ति,माघी वा माघे संक्रान्ति पर्व मनाइदैछ । यो पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने गरिन्छ । माघे÷मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिन्छ ।  ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट...

पाँच वर्षमा १.०७ अर्ब बढी कृषि अनुदान वितरण
NEWS

पाँच वर्षमा १.०७ अर्ब बढी कृषि अनुदान वितरण

काठमाण्डौ । पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।उक्त अवसरमा मन्त्री अधिकारीले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरे ।...

सन् २०२५ मा घुम्नैपर्ने विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा
TOURISM

सन् २०२५ मा घुम्नैपर्ने विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा

काठमाण्डौ । नेपालको लुम्बिनी यो वर्ष घुम्नैपर्ने विश्वका उत्कृष्ठ ५२ गन्तव्यभित्र परेको छ । अमेरिकी चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालको लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ५२ गन्तव्यको सूचीभित्र समावेश गरेको हो । न्यूयोर्क टाइम्सले बुद्ध जन्मस्थल तथा बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र लुम्बिनीलाई यो वर्ष घुम्नै पर्ने ५२ सूचीमध्ये...

विद्युत् प्राधिकरणको चुहावट आधाले घट्यो
NEWS

विद्युत् प्राधिकरणको चुहावट आधाले घट्यो

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको चुहावट आधाले घटेको छ । प्राधिकरणमा आठ वर्षअघिसम्म २५.७८ प्रतिशत विद्युत् चुहावट हुने गरेकोमा अहिले करिब १२.७३ प्रतिशत विद्युत चुहावट भईरहेको छ ।  गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड रुपैया नाफा कमाएको प्राधिकरण २०७२÷७३ मा एकै वर्षमा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । विगत आठ वर्षमा प्राधिकरणले विद्युतीकरणमा ठूलो सफलता हात...

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक, व्यापार र लगानी सहजीकरणका विषयमा के-के भए सहमति ?
NEWS

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक, व्यापार र लगानी सहजीकरणका विषयमा के-के भए सहमति ?

काठमाण्डौ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ)को दोस्रो बैठक काठमाण्डौको चन्द्रागिरीमा भएको छ ।  दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए ।  मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाहा...

मध्यराति ३ अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, अधिकांश लगानीकर्ताको मनोबल बढाउने प्रकृतिका
NEWS

मध्यराति ३ अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, अधिकांश लगानीकर्ताको मनोबल बढाउने प्रकृतिका

काठमाण्डौ । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।यी तीनवटै अध्यादेश सार्वजनिक सेवा प्रवाह सहज बनाउन तथा लगानीको वातावरण तयार गर्ने खालका छन् ।  मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

चालु आवमा निर्माण व्यवसायीलाई  २२ अर्ब रुपैयाँ बढी भुक्तानी, सरकारको सदासयतालाई कमजोरी नठान्न आग्रह
ECONOMY& POLITICS

चालु आवमा निर्माण व्यवसायीलाई २२ अर्ब रुपैयाँ बढी भुक्तानी, सरकारको सदासयतालाई कमजोरी नठान्न आग्रह

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।  नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए ।  

पाँच महिनामा ४.४% ले बढ्यो रेमिट्यान्स
NEWS

पाँच महिनामा ४.४% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्स ४.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।  

बढ्यो महङ्गी , कुन समूहको कति ?
ECONOMY& POLITICS

बढ्यो महङ्गी , कुन समूहको कति ?

काठमाण्डौ । मूल्यबृद्धि ६.०५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको छ ।  गत आवको सोही अवधिसम्मको तुलनामा मूल्यबृद्धि १.१ अंकले बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म यस्तो मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति...

विदेशी मुद्राको सञ्चिति ११.४% ले बढ्यो, १७.६ महिनाको आयात धान्ने
ECONOMY& POLITICS

विदेशी मुद्राको सञ्चिति ११.४% ले बढ्यो, १७.६ महिनाको आयात धान्ने

काठमाण्डौ । चालु आवको ५ महिनासमम विदेशी मुद्राको सञ्चिती ११.४ प्रतिशतले बढेको छ । असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय बढेर मंसिर मसान्तमा रु.२२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X