बिहीबार, बैशाख २४,२०८३ 07:52:56
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 07:52:56
सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?
NEWS

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?

काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा ३.३० प्रतिशतसम्म बृद्धि गरेको हो ।  विभागका अनुसार यात्रुबाहक सवारीतर्फ ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.०५ प्रतिशत भाडा बृद्धि गरिएको हो ।  

स्थापनाको ५ वर्षपछि पहिलो साधारण सभा आयोजना गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
NEWS

स्थापनाको ५ वर्षपछि पहिलो साधारण सभा आयोजना गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको करिब ५ वर्षपछि पहिलो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। गत पुस ६ गते गोरखापत्र दैनिकमा पुस २७ गते कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने भनी सूचना प्रकाशित भएको थियो । तर कम्पनीले विशेष कारणले मिति परिवर्तन गरी पुस  २९ गते काठमाण्डौमा सभा आयोजना गर्ने जनाएको छ।

मधेश प्रदेशका तत्कालिन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ECONOMY& POLITICS

मधेश प्रदेशका तत्कालिन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध १ करोड बिगो दाबी माग गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम खाद्य सुरक्षा तथा कृषि...

नेपाल चेम्बर अफ कमर्सको पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा
ECONOMY& POLITICS

नेपाल चेम्बर अफ कमर्सको पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ । चेम्बरको ७३ औं साधारण सभा तथा अधिवेशन पश्चात चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई यस समितिको सभापतिमा मनोनयन गर्नु भए अनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र...

गोलभेडाको मूल्य घट्यो, सिमी र लौकाको भने बढ्यो
NEWS

गोलभेडाको मूल्य घट्यो, सिमी र लौकाको भने बढ्यो

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा गोलभेडाको मूल्य घटेको छ भने सिमी, लौका, बन्दालगायतका तरकारीको मूल्य बढेको छ । आज गोलभेडा ठूलो भारतीयको औषत प्रतिकेजी मूल्य ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, गोलभेडा सानो लोकलको मूल्य १८ प्रतिशतले घटेर २२ रुपैयाँ, गोलभेडा सानो भारतीयको मूल्य २३ प्रतिशतले घटेर ३२ रुपैयाँ, गोलभेडा सानो तराईको मूल्य ४ प्रतिशतले घटेर ३६ रुपैयाँ, आलु रातो...

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न, मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन
NEWS

नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न, मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाण्डौ । नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा गत पुस १८ गते शंकर होटेल काठमा(डौमा सम्पन्न भएको छ। संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले राखेका थिए । त्यसैगरी पूर्वअध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक...

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल
NEWS

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल

काठमाण्डौ । विराटनगर र सर्लाही, नेपाल ( नेपाल डिस्टिलरीज प्रालि (एनडीपीएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखुकिसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील छ। गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमाकृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा...

नेपाल क्लाइम्बिङ बागमति प्रदेशमा महर्जन निर्वाचित
TOURISM

नेपाल क्लाइम्बिङ बागमति प्रदेशमा महर्जन निर्वाचित

काठमाण्डौ। नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत बागमति प्रदेश कमिटी तथा काठमाण्डौ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएका छन् । काठमाण्डौ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भएका छन् । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।

बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने
NEWS

बिपी राजमार्ग पुन:निर्माणमा ९.६६ अर्ब खर्च हुने

काठमाण्डौ । बिपी राजमार्गको विभिन्न सडकखण्डको पुन:निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरो बाट राजमार्ग क्षतिग्रस्त बनेपछि गरिएको अध्ययनले यस्तो जनाएको हो ।  डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुन:निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।उक्त...

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको वार्षिक साधारणसभा सम्पन्न
NEWS

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ ।  

मटरकोशाको मूल्य ४३% ले घट्यो, ब्रोकाउलीको भन बढ्यो
NEWS

मटरकोशाको मूल्य ४३% ले घट्यो, ब्रोकाउलीको भन बढ्यो

काठमाण्डौ । आज मटरकोशाको मूल्य ४३ प्रतिशतले घटेको छ । कालिमाटी तथा तरकारी विकास समितिका अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य ४३ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।  

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित, अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार
NEWS

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित, अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार

काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।बिहिबार बसेको समितिको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको...

घट्न थाल्यो मध्यमर्स्याङदी जलविद्युत आयोजनाको विद्युत् उत्पादन
NEWS

घट्न थाल्यो मध्यमर्स्याङदी जलविद्युत आयोजनाको विद्युत् उत्पादन

काठमाण्डौ । मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा जल सतह घटेसँगै ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन समेत घट्न थालेको हो ।आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन घटेको बताए । जल सतह अझै घट्ने क्रममा रहेकाले विद्युत उत्पादन थप घट्न सक्ने उनले बताए । हाल आयोजनाबाट ४० मेगावाट...

बाह्र निर्माण कम्पनी कालोसूचीमा
NEWS

बाह्र निर्माण कम्पनी कालोसूचीमा

काठमाण्डौ । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।  सूचनामा सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसारकालोसूचीमा राखिएको जनाइएको छ ।  

उर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्‍बाट स्वीकृत, सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला
NEWS

उर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्‍बाट स्वीकृत, सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला

निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् ।  मंगलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले क्षेत्रका मुद्दाहरु सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए ।  ढकालले आर्थिक...

गौतमबुद्ध विमानस्थलमा माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली लागू हुने
NEWS

गौतमबुद्ध विमानस्थलमा माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली लागू हुने

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी(एआर) प्रणाली लागू हुने भएको छ ।  भिजिबिलिटीको समस्या समाधान गर्न माघ १० देखि लागू हुने छ । हाल यो प्रणाली लागू हुने अन्तिम चरणमा रहेको छ ।  यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू–उपग्रहमा...

सन् २०२४ मा ११.४७ लाख पर्यटकले गरे नेपाल भ्रमण
TOURISM

सन् २०२४ मा ११.४७ लाख पर्यटकले गरे नेपाल भ्रमण

काठमाण्डौ । नेपालमा सन् २०२४ मा ११ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक वर्षको अवधिमा नेपालमा आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।  यो संख्या सन् २०२३ को तुलनामा १४ प्रतिशतले बढी हो । सन् २०२४ मा दैनिक सरदर ३ हजार पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।  

हरियो खुर्सानीको मूल्य ४६% ले वृद्धि, यस्तो छ अन्य तरकारीको भाउ
NEWS

हरियो खुर्सानीको मूल्य ४६% ले वृद्धि, यस्तो छ अन्य तरकारीको भाउ

काठमाण्डौ । आज हरियो खुर्सानी(बुलेट)को मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानी(बुलेट)को मूल्य ४६ प्रतिशतले बढेको हो ।  यससँगै हरियो खुर्सानी(बुलेट)को औषत प्रतिकेजी मूल्य ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ६५ रुपैयाँ थियो ।  

यी हुन् सन् २०२४ मा सर्वाधिक कमाउने र गुमाउने विश्वका शीर्ष धनाढ्य
NEWS

यी हुन् सन् २०२४ मा सर्वाधिक कमाउने र गुमाउने विश्वका शीर्ष धनाढ्य

काठमाण्डौ । सन् २०२४ विश्वका धनाढ्यका लागि विशेष रह्यो । यो वर्ष धेरैजसो धनाढ्यको सम्पत्तिमा वृद्धि देखिएको छ ।  यो वर्ष अमेरिकी सेयर बजार एस एण्ड पी५०० २५ प्रतिशतले बढ्यो । यस्तै नास्डक पनि यो वर्ष ३३ प्रतिशतले बढ्यो । यी बजारमा सूचीकृत कम्पनीका मालिकहरुले यो वर्ष राम्रो आर्जन गरेका छन् ।  ब्लूमबर्ग बिलिनियर्स इ्रन्डेक्सका अनुसार यो वर्ष सबैभन्दा धेरै सम्पत्ति बढेका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X