आईतवार, आश्विन १८,२०८३ 08:50:23
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:50:23
Bizshala
Global IME Bank Limited

आज राष्ट्रिय सभाअन्तर्गत तीन समितिको बैठक बस्दै

Bizshala
आज राष्ट्रिय सभाअन्तर्गत तीन समितिको बैठक बस्दै
New Office

काठमाण्डौ । राष्ट्रिय सभाअन्तर्गतका तीनवटा समितिको बैठक आज बस्ने भएको छ। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्य तथा सम्बन्धित सरोकारवालाहरूलाई निर्धारित समयमै उपस्थित हुन अनुरोध गरेका छन्।

विधायन व्यवस्थापन समितिको ७६०औँ बैठक दिउँसो २ बजेर १५ मिनेटमा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा ऐन कार्यान्वयनको मापन, विधायिकी अन्तरसम्बन्ध लगायत विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७औँ बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको हलमा आयोजना हुनेछ। बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा तथा अन्य समसामयिक विषयमा छलफल गरिने जनाइएको छ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको राष्ट्रिय महिला आयोगको कार्यप्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन माथि छलफल गरिनुका साथै विविध एजेन्डामा पनि विचार–विमर्श हुने कार्यक्रम रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.