चीनले गर्यो नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय
काठमाण्डौ । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएको छ । चीन सरकारले आगामी वैशाख १९ गतेदेखि चीन प्रवेशका लागि आवेदन दिने नेपाली नागरिकका लागि भिसाशुल्क निःशुल्क गरेको हो । काठमाण्डौमा अवस्थित चिनियाँ दूतावासले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । उक्त सूचनामा एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने लिने जनाइएको छ ।

