सोमबार, बैशाख ७,२०८३ 02:56:32
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:56:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१०० अर्ब डलर क्लबबाट बाहिरिए अम्बानी र अडाणी

Bizshala
१०० अर्ब डलर क्लबबाट बाहिरिए अम्बानी र अडाणी
Shivam Cement

काठमाण्डौ । भारतका दुई धनाढ्य मुकेश अम्बानी र गौतम अडाणी ब्लूमबगए इन्डेक्सको १०० अर्ब डलर क्लबबाट बाहिरिएका छन् । व्यवसायमा आएको उतारचढावका कारण यी दुवै जनाको सम्पत्तिमा गिरावट आउँदा १०० अर्ब डलर क्लबबाट बाहिरिनु परेको हो ।  

तर यो वर्षमा समग्रमा भारतका धनाढ्यहरुको सम्पत्तिमा भने वृद्धि देखिएको छ । यो वर्षको जनवरीदेखि हालसम्म शीर्ष २० जना भारतीय धनाढ्यको सम्पत्ति ६७.३ अर्ब डलरले बढेको रिपोर्टमा उल्लेख छ । यो वर्ष सबैभन्दा धेरै सम्पत्ति आर्जन गर्नेमा आईटी टाइकुन शिव नाडर र सावित्रि जिन्दाल रहेका छन् । यो वर्ष शिव नाडरको सम्पत्ति १०.८ अर्ब डलरले बढेको छ भने सावित्रि जिन्दालको १०.१ अर्ब डलरले बढेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ब्लूमबर्गका अनुसार रिटेल र उर्जा व्यवसायको देखिएको कमीका कारण मुकेश अम्बानीको सम्पत्तिमा गिरावट आएको छ । अडाणीको सम्पत्ति गत जुलाई महिनामा १२०.८ अर्ब डलरबराबर थियो । अम्बानीका कान्छा छोराको विवाहपश्चात अर्थात डिसेम्बर १३ मा उनको सम्पत्ति ९६.७ अर्ब डलरमा सीमित बनेको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै उता गौतम अडाणीको अवस्था अम्बानीको भन्दा पनि भयावह छ । अमेरिकामा उनीमाथि भ्रष्टाचारको आरोप लागेको भने अमेरिकामा उनको व्यवसाय ठप्प पार्ने सम्भावना पनि बढेको छ । ब्लूमबर्गका अनुसार गत जुन महिनामा १२२.३ अर्ब डलर रहेको अडाणीको सम्पत्ति घटेर ८२.१ अर्ब डलरमा खुम्चिएको छ । अडाणीको व्यवसाय हिन्डनबर्ग रिपोर्ट र भ्रष्टाचारको आरोपले प्रभावित बनेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.