सोमबार, फाल्गुन २६,२०८१ 09:37:05
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 09:37:05
IME remit
Global IME Bank Limited

युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने

Hyundai Nepal
युवा उद्यमशीलता शिखर सम्मेलनमा ब्रिटिस कलेजले साझेदारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिस कलेजले ज्ञान साझेदार (नलेज पार्टनर)का रुपमा सहकार्य गर्ने भएको छ।  

सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र ब्रिटिस कलेजका तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपालमा बसेर स्टार्टअप गरिरहेका उद्यमी, इनोभेसनमा सक्रिय हुने युवाहरुको यो सम्मेलन उपयोगी हुने देखेर सम्मेलनमा सहकार्य गरेको ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले बताए। 

कँडेलका अनुसार ब्रिटिस कलेजले स्टार्टअप उद्यम, डिजिटल रुपान्त्रण र गुणस्तरीय शिक्षालाई उद्यमशीलता र सीपसँग जोडेर सैद्ध्रान्तिकमात्र नभएर ब्यवहारिक कार्यक्रममा जोड दिइएको छ।

त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट–२०३ का निर्माण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने बताए। उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु शिखर सम्मेलनमा सहभागी हुनेछन्। 

प्रधानमन्त्रीबाट उद्घाटन गरिने यो वर्षको सम्मेलनमा ‘युवा नर्वप्रवर्तनः लगानी र समृद्धि’ भन्ने मूल नारा तय गरिएको छ। यो सम्मेलनल कोभिड १९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवर्द्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि, युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय नेटवर्किङ र लगानी सम्झौताका लागि र युवाहरुमा वित्तीय पहुँच, सरकारी नीति, करनीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्वपूर्ण हुने आयोजकको विश्वास छ। 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.