काठमाण्डौ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन ८ गते)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै थपघट भएको छैन ।
केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५३ रुपैयाँ र बिक्रीदर १३३.१३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि यहि मूल्यमा डलरको कारोबार भएको थियो ।
आज यूरो र पाउण्ड स्ट्रलीङको मूल्य भने बढेको छ । आज एक यूरोको खरिददर १४२.८७ रुपैयाँ र बिक्रीदर १४३.५१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४२.८१ रुपैयाँ र बिक्रीदर १४३.८६ रुपैयाँ निर्धारण गरिएको थियो । आज एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.२५ रुपैयाँ र बिक्रीदर १६८.०१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.९९ रुपैयाँ र बिक्रीदर १६७.७४ रुपैयाँ कायम थियो ।
यसैगरी आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.६६ रुपैयाँ र बिक्रीदर ८७.०५ रुपैयाँ रहेको छ ।
एक साउदी रियालको खरिददर ३५.३४ रुपैयाँ र बिक्रीदर ३५.५० रुपैयाा कायम भएको छ । एक जापानी येनको खरिददर ८.८४ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ कायम भएको छ ।