सोमबार, असार २,२०८२ 10:08:58
  • सोमबार, असार २,२०८२ 10:08:58
Global IME Bank Limited

सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल

Hyundai Nepal
सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । भारतीय मनोरञ्जन कम्पनी जी इन्टरटेनमेन्ट  र सोनी ग्रुपबीच १० अर्ब डलरको मर्जर योजनालाई बचाउने विषयमा पुनःछलफल सुरु भएको छ ।  

यो मर्जरको प्रस्तावलाई सोनी ग्रुपले गत जनवरी २२ मा रद्द गरको थियो । मर्जर सम्बन्धी मतभेदलाई हटाउन र ४८ घण्टाभित्र सहमतिमा पुग्न दुई कम्पनीले बितेका १५ दिनमा कयौँ पटक बैठक आयोजना गरेको जनाइएको छ । रिपोर्टका अनुसार जी इन्टरटेन्मेन्टका एमडी तथा सीईओ पुनीत गायनकाले मर्जरपश्चात बन्ने कम्पनीको सीईओ नबन्ने सोनीको मागलाई स्विकार गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उता सोनीले गोयनका कम्पनीको राम्रो सल्लाहकार बन्न सक्ने जनाएको छ । तथापी अहिलेसम्म दुवै कम्पनीबाट यसबारे कुनै पनि आधिकारीक धारणा भने आईसकेको छैन ।  

यी दुई कम्पनीले मर्जरको योजनालाई पुनःअघि बढाएको खबर बाहिरिएसँगै जी इन्टरटेनमेन्टको सेयरमूल्यमा उछाल आएको छ । यो खबर आएसँगै कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।  

सोनीले भारतमा आफ्नो व्यवसायलाई राम्रो ढंगले सञ्चालन गर्न सकिरहेको थिएन र जी इन्टरटेनमेन्ट पनि ऋणमा डुबेको थियो । यहि कारण यी दुई कम्पनीले मर्जरमा जाने योजना बनाएका थिए ।  

सोनीले भारतमा सन् १९९५ मा आफ्नो पहिलो टीभी च्यानल लञ्च गरेको थियो भने जी इन्टरटेन्मेन्टले सन् १९९५ मा आफ्नो पहिलो च्यानल लञ्च गरेको थियो ।  

सन् २०२१ मा जापानको सोनी कर्पको सहायक कम्पनी सोनी पिक्चर्स नेटवर्क इण्डियासँग मर्जरेको घोषणा गरेको थियो । तर विरोधका कारण त्यो मर्जर सम्भव हुन सकेन ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.