बुधबार, चैत्र २०,२०८१ 12:53:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:53:19
IME remit
Global IME Bank Limited

सन् २०२४ मा विश्वभर स्मार्टफोनको क्रेज, कुन सबैभन्दा धेरै बिक्री भए ?

Hyundai Nepal
सन् २०२४ मा विश्वभर स्मार्टफोनको क्रेज, कुन सबैभन्दा धेरै बिक्री भए ?
Nabil Bank Limited

काठमाण्डौ । सन् २०२४ मा विश्वभर विभिन्न कम्पनीका नयाँ स्मार्टफोन बजारमा आयो । यो वर्ष प्रविधि क्षेत्रका लागि चर्चामा रह्यो ।  

यो वर्ष दक्षिण कोरियाली कम्पनी सामसुङको स्मार्टफोन सबैभन्दा धेरै बिक्री भएको छ । यो वर्ष सामसुङ १९ प्रतिशत सिपमेन्टका साथ विश्वको शीर्ष स्मार्टफोन निर्माता कम्पनीको रुपमा रहेको छ ।  

काउन्टरपार्ट रिसर्चका अनुसार सामसुङले यो वर्ष ५७.५ लाख युनिट स्मार्टफोन बिक्री गरेको छ ।  

दोस्रो स्थानमा भने आईफोन निर्माता कम्पनी एप्पल रहेको छ । यो वर्ष एप्पलले ५४.४ लाख युनिट स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा चिनियाँ कम्पनी साओमी रहेको छ । जसले एक वर्षको अवधिमा ४२.८ लाख स्मर्टफोन बिक्री गरेको छ । २८.६ लाख युनिट फोन बिक्री गर्दै ओप्पो चौथो स्थानमा रहेको छ ।  

अर्को चिनियाँ कम्पनी भिभो पाचाँै स्थानमा रहेको छ । भिभोले सन् २०२४ मा २७.२ लाख युनिट स्मार्टफोन बिक्री गरेको छ ।  

यो डेटा सन् २०२४ को तेस्रो त्रैमाससम्मको रहेको काउन्टरपार्टले जनाएको छ ।  

सन् २०२३ को तेस्रो त्रैमासदेखि लिएर २०२४ को तेस्रो त्रैमाससम्म एप्पलको आईफोन शीर्ष स्थानमा रहेको छ । यो अवधिमा आईफोन१४, आईफोन १५ प्रो म्याक्स र आईफोन १५ शीर्ष स्थानमा रहे । दोस्रो र तेस्रो स्थानमा पनि आईफोन कै मोडल रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एप्पलपश्चात भने सामसुङका स्मार्टफोनको दबदबा रहेको छ । यसमा ग्यालेक्सी ए१५, ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए१४ जस्ता स्मार्टफोन रहेका छन् ।  

देशको आधारमा हेर्दा यो अवधिमा चीनमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री भएको छ । विश्व स्मार्टफोन बजारमा चीनको हिस्सा २२ प्रतिशत रहेको छ । यस्तै भारतको हिस्सा १५.५ प्रतिशत र अमेरिकाको १२ प्रतिशत रहेको छ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.