आईतवार, बैशाख ६,२०८३ 10:44:31
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 10:44:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डलरको भाउ दुई वर्षकै उच्च नजिक, विश्वका सेयर बजार भने संघर्ष गर्दै

Bizshala
डलरको भाउ दुई वर्षकै उच्च नजिक, विश्वका सेयर बजार भने संघर्ष गर्दै
Shivam Cement

काठमाण्डौ । डलरको भाउ दुई वर्षकै उच्च नजिक पुगेको छ । शुक्रबार डलरको मूल्य अन्य ६ वटा मुद्राको तुलनामा दुई वर्षकै उच्च नजिक पुगेको हो ।  

लगानीकर्ताले अमेरिका र अन्य विश्वबीचको आर्थिक वृद्धिको खाडल बढ्ने सम्भावना देखेसँगै डलरको मूल्य वृद्धि भएको हो । शुक्रबार डलर इन्डेक्स सन् २०२२ पछिकै उच्च कायम भएको छ । आज युरो प्रतिडलरको तुलनामा १.०२२४८ मा झरेको छ । जुन सन् २०२२ पछिकै न्यून हो ।  

अघिल्लो कारोबारमा युरो १.०२८० र पाउन्ड १.२३९२ कायम थियो । तर डलर निरन्तर बलियो बन्दै मार्केट मुडलाई नियन्त्रणमा राख्न सफल भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

डोनाल्ड ट्रम्पले ल्याउन सक्ने नीतिहरुका कारण आर्थिक वृद्धिमा टेवा पुग्ने भएकाले अमेरिकी केन्द्रीय बैंकले थौपटक ब्याजदरमा कटौती गर्नसक्ने सम्भावन तथा अमेरिकी ट्रेजरीको बढ्दो प्रतिफल र युरोपेली केन्द्रीय बैंकले समेत ब्याजदर कटौती गर्नसक्ने भएकाले सन् २०२४ को अन्त्यदेखि देखि नै डलरको मूल्य बढ्न थालेको थियो ।  

बढ्दो सेयर बजारको प्रभाव विश्वको सेयर बजारमा समेत देखिन थालेको छ । शुक्रबार युरोपेली सेयर मापक इन्डेक्स स्टकएक्स ०.३ प्रतिशतले घटेको छ । अघिल्लो दिन भने स्टकएक्समा वृद्धि देखिएको थियो । यद्यपी शुक्रबार अमेरिकी एस एण्डपी र नास्डक दुवै करिब ०.४ प्रतिशत।ले बढेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

चीनको ब्लूचिप इन्डेक्स सीएसआई३०० यो साता समग्रमा ५.२ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०२२ अक्टोबर पछिकै उच्च हो । चिनियाँ येन पनि डलरको तुलनामा कमजोर बन्दै प्रतिडलर ७.३ येन कायम भएको छ । यो भनेको १४ महिनाकै न्यून हो ।  

राजनीतिक संकटका बाबजुत आज दक्षिण कोरियाको सेयर बजार भने १.७९ प्रतिशतले बढेको छ । यस्तै आज भारतका सेयर बजार सेन्सेक्स इन्डेक्स र निफ्टी५०  क्रमशः०.९० र ०.७६ प्रतिशतले घटे ।  आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ पनि ०.९६ प्रतिशतले घटेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.