शनिबार, फाल्गुन १०,२०८१ 08:43:23
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:43:23
IME remit
Global IME Bank Limited

जानकी फाइनान्स र नारायणी बैंक तत्काल कारबाहीमा नपर्ने, पोखरा फाइनान्सलाई टेकओभर गर्ने राष्ट्रबैंकको तयारी

Hyundai Nepal
जानकी फाइनान्स र नारायणी बैंक तत्काल कारबाहीमा नपर्ने, पोखरा फाइनान्सलाई टेकओभर गर्ने राष्ट्रबैंकको तयारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बाहिरी हल्लाजस्तो जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकलाई तत्काल शीघ्र सुधारात्मक कारबाही नगर्ने भएको छ ।  

प्रारम्भिक अध्ययनका क्रममा यी दुई संस्थाको वित्तीय अवस्था अहिले नै शीघ्र सुधारात्मक कारबाही गरिहाल्नुपर्ने खालको अत्यन्त खराब नदेखिएको र यी दुवै संस्थाको व्यवस्थापन तथा सञ्चालक समितिलाई केही समय दिएर मात्र निर्णयमा पुग्ने सहमति बनेको नेपाल राष्ट्रबैंकको सञ्चालक समितिमा सहमति बनेको हो ।  

केन्द्रीय बैंकका एक सञ्चालककाअनुसार केही दिनअघिको बैठकमा तीनवटा वित्तीय संस्थाको विषयलाई अजेण्डा बनाइएको थियो । जसमा पोखरा फाइनान्स, जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंक रहेका थिए ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

 त्यसअघि कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी त्यसको व्यवस्थापन केन्द्रीय बैंकले टेकओभर गरिसकेको छ । थप वित्तीय संस्थाहरुको अवस्था समेत नाजुक देखिएको भन्दै सञ्चालक समितिमा अन्यलाई के गर्ने भन्ने अजेण्डा पेश भएको थियो ।  

ती सञ्चालकका अनुसार बैठकमा पेश भएका तीन वित्तीय संस्थाको अजेण्डामा पोखरा फाइनान्सको अवस्था निकै नाजुक देखिएको र तत्कालै शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने देखिएको निश्कर्ष निकालिएको थियो । ‘हुन त गभर्नर साबले पोखरा फाइनान्सलाई पनि तत्काल समस्याग्रस्त घोषणा नगर्ने भन्नुभएको थियो । तर अरुको असहमतिका कारण त्यो सफल भएन ।’ ती सञ्चालकले बिजशालासँग भने–‘कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै कार्यकाल सकिन केही दिन मात्र बाँकी रहेको अवस्थामा थप कुनै पनि संस्थालाई सोही प्रकृतिको कारबाही गर्ने पक्षमा उहाँ हुनुहुन्थेन । तर, पोखरा फाइनान्सलाई तत्कालै टेकओभर गर्नुपर्ने अवस्था देखिएपछि तीव्र गतिमा कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सहमति बन्यो ।’  

राष्ट्रबैंकको सञ्चालक समितिमा भएको सहमतिअनुसार पोखरा फाइनान्सलाई १५ दिनको समय दिएर शीघ्र सुधारात्मक कारबाही किन नगर्ने भन्दै लिखित जवाफ मागिएको छ । स्पष्टीकरण प्राप्त भएपछि शीघ्र सुधारात्मक कारबाही गर्ने राष्ट्रबैंकको तयारी छ ।  

उता, जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकलाई पनि निगरानीमा राख्ने र यी दुई संस्थालाई तत्कालै शीघ्र सुधारात्मक कारबाही गर्नु नपर्ने विषयमा सहमति बनेको सञ्चालकको भनाई छ। 

‘जानकी फाइनान्सभन्दा नारायणी डेभलपमेन्ट बैंकको अवस्था बढी खराब देखिएको छ । तर, यी संस्थालाई तत्कालै टेकओभर गरिहाल्नुपर्ने अवस्था देखिन्न ।’ सञ्चालकले भने–‘आगामी दिनमा ती संस्थाहरुले आफूलाई कसरी सुधार गर्छन् भन्ने विषयले बाँकी कुरा निक्र्यौल गर्ला । तत्कालै डूबिहाल्ने अवस्था देखिन्न ।’  

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खराब कर्जा अनुपात १४.४४ प्रतिशत रहेको रिपोर्ट प्रकाशित गरेको थियो । तर, वास्तविकतामा खराब कर्जा अनुपात ४० प्रतिशत हाराहारीमा पुगिसकेको राष्ट्रबैंक स्रोतले जनाएको छ । रिपोर्टमा पुँजीकोष अनुपात १०.९९ प्रतिशत रहेको देखाइए पनि वास्तविकतामा ऋणात्मक देखिएको छ ।  

पोखरा फाइनान्सले विगतदेखि नै कर्मचारीहरुको तलब, सेवासुविधा र खर्चहरुमा तडकभडक गर्दै आएको छ । त्यहाँका कर्मचारीहरुको तलब केही वाणिज्य बैंकका कर्मचारीहरुको भन्दा पनि धेरै रहेको अध्ययनको क्रममा देखिएको समेत स्रोतले जनाएको छ ।  

‘कर्मचारीको तलबभत्तामा जथाभावी वृद्धि गरिने गरिएको रहेछ । सञ्चालकहरुले भत्ता र सुविधामा समेत मनमौजी गरेको देखियो ।’ स्रोतले भन्यो–‘कर्जा प्रवाहमा त झनै ठूलो गडबडी देखिन्छ । कमसल धितोमा सञ्चालक र उच्च व्यवस्थापन निकटमा व्यक्तिहरुलाई मनपरी ढंगले कर्जा प्रवाह गरिएको देखिएको छ । तत्काल पोखरा फाइनान्सलाई टेकओभर गरिएन भने समस्या अझै ठूलो हुनसक्छ ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.