शुक्रबार, चैत्र १५,२०८१ 05:18:28
IME remit
  • शुक्रबार, चैत्र १५,२०८१ 05:18:28
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले भित्र्याए रु.८०.६६ अर्ब प्रिमियम, नेपाल लाइफ एक्लैले २७.८४%

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुले भित्र्याए रु.८०.६६ अर्ब प्रिमियम, नेपाल लाइफ एक्लैले २७.८४%
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  

यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ८.६८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ७४ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।  

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले गत आवको तुलनामा बीमा व्यवसाय बढाउन सफल भएका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रिमियम नेपाल लाइफले भित्र्याएको छ । कम्पनी एक्लैले जीवन बीमकहरुको कुल व्यवसायको २७।८४ प्रतिशत अर्थात् २२ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफले ९ अर्ब ६० करोड, एलआइसी नेपालले ९ अर्ब ४६ करोड, हिमालयन लाइफको ८ अर्ब ३३ करोड, सुर्यज्योति लाइफले ५ अर्ब ६ करोड, एशियन लाइफले ४ अर्ब २१ करोड, सिटिजन लाइफले ३ अर्ब ३८ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड, मेट लाइफले २ अर्ब ८६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड, आइएमई लाइफले २ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ र सन नेपाल लाइप्mले २ अर्ब ३१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवको तुलनामा सबैभन्दा धेरै व्यवसाय बृद्धि गर्नेमा भने सिटिजन लाइफ रहेको छ । कम्पनीले गत आवको तुलनामा २३.६० प्रतिशतले व्यवसाय बढाएको छ । गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम भित्र्याएको सिटिजन लाइफले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क भित्र्याएको छ ।  

यता राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने ४१.६९ प्रतिशत घटेको छ । गत आवमा ४ अर्ब ७५ करोड प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको यसै अवधिसम्म २ अर्ब ७७ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.