सोमबार, असार २,२०८२ 12:41:07
  • सोमबार, असार २,२०८२ 12:41:07
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकले लत्यायो ट्रम्पको माग, ब्याजदर स्थिर राख्ने निर्णय

Hyundai Nepal
अमेरिकी केन्द्रीय बैंकले लत्यायो ट्रम्पको माग, ब्याजदर स्थिर राख्ने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक,फेडरल रिजर्भ(फेड)ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । ब्याजदर थप घटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई बेवास्ता गर्दै फेडले तीनवटा बैठकपश्चात ब्याजदरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेको हो ।  

फेडले राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नु केही महिना अघि भने ब्याजदरमा कटौती गरेको थियो । ट्रम्पले ब्याजदर स्थिर राख्ने फेडको निर्णयको विरोध गरेका छन् । ट्रम्पले मुद्रास्फितीसँगै फेडले सुरु गरेको समस्या अन्त्य गर्न केन्द्रीय बैंक असफल भएको बताएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जेरोमी पावेललाई फेडको अध्यक्ष चयन गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै ट्रम्पले बैंकहरुको नियमनको विषयमा फेटले एकदमै गलत काम गरेको समेत आरोप लगाएका छन् । उनले यसको सम्पूर्ण जिम्मेवारी ट्रेजरी डिपाट्मेन्टले लिनु पर्ने समेत बताएका छन् । यद्यपी ट्रम्पले लामो समयदेखि बैंकिङ नियमन गरिरहेको फेडलाई यो जिम्मेवारीबाट कानूनी रुपमा मुक्त गर्न सक्षम हुन्छन् वा हुँदैनन् भन्ने विषयमा स्पष्टता नरहेको जनाइएको छ ।  

फेड अध्यक्ष जेरोमी पावेलले भने ट्रम्पको अभिव्यक्ति प्रति कुनै पनि टिप्पणी दिन अस्विकार गरेका छन् । उनले यस्तो गर्न आफ्नो पदीय मर्यादाले नदिने बताएका छन् ।  

यद्यपी पावेलले फेडको स्वायत्तताको विषयमा भने वकालत गरेका छन् ।  

बुधबारको पत्रकार सम्मेलनका क्रममा पावेलले आप्रवासी कामदारको न्यून आगमनका कारण पछिल्लो समय अमेरिकामा बेरोजगारी दरमा कमी आएको बताए । यद्यपी रोजगारी सिर्जनामा भने केही सुस्तता आएको समेत उनले बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.