काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने अनुमति दिएका छन् । यसबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रतिक्रिया दिएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतवार एक पत्रकार सम्मेलनमा भने कि क्यानडाले पनि डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा आफ्नै शुल्क लगाउनेछ।
ट्रुडोले भने कि उनी अमेरिकीहरूसँग प्रत्यक्ष कुरा गर्न चाहन्छन्। उनले यो निर्णयले मूल्य र अमेरिकी अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने बताए ।
ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलरको अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने बताएका छन् । क्यानडाका कम्पनीहरूलाई समय दिन मङ्गलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनमा यो महशुल लागू हुने र बाँकी १२५ अर्ब डलरका उत्पादनमा आगामी २१ दिनभित्र लागू हुने उनले बताए ।
यद्यपि उनले क्यानेडियन डलर वा अमेरिकी डलरको बारेमा कुरा गरिरहेका छन् भन्ने स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेको जानकारी शनिबार सामाजिक सञ्जालमाफर्त दिएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                