मंगलवार, असार ९,२०८३ 09:09:34
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:09:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ज्यूरिख इन्स्योरेन्सको नाफा ७.४ अर्ब डलर,१.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने घोषणा

Laxmi Sunrise Bank Limited
ज्यूरिख इन्स्योरेन्सको नाफा ७.४ अर्ब डलर,१.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने घोषणा

काठमाण्डौ । स्विट्जरल्याण्डको बीमा कम्पनी ज्यूरिख इन्स्योरेन्सले अपेक्षा गरेभन्दा राम्रो वार्षिक सञ्चालन नाफा आर्जन गरेको छ । यससँगै कम्पनीले १.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने घोषणा गरेको छ । विश्वव्यापी महामारी, युद्ध र जलवायु प्रकोपको प्रभावबाट बाहिर आएकाले कम्पनीको नाफामा वृद्धि भएको जनाइएको छ ।  

युरोपको पाँचौं सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा रहेको ज्यूरिख इन्स्योरेन्सले सञ्चालन नाफा २१ प्रतिशतले बढ्दै ७.४ अर्ब डलर पुगेको छ । जुन कम्पनीले अपेक्षा गरेको ७.१ अर्ब डलरभन्दा धेरै हो ।  

New Office
CG Motors
Garima Development Bank

अन्तराष्ट्रिय बीमा कम्पनीहरुले कोरोना महामारी, प्राकृतिक प्रकोप र युक्रेन युद्ध जस्ता घटनाहरुबाट अप्रत्याशित दाबीहरूको राम्रोसँग सामना गरेका छन् । कम्पनीहरुले मुख्यतया प्रीमियम बढाएर र केही व्यवसायहरूबाट पछि हटेर यी समस्याहरुको सामना गरेका हुन् ।    

यद्यपि, कम्पनीहरुले यस वर्ष इजरायल–गाजा द्वन्द्व र अमेरिका लगायत धेरै देशहरूमा हुने चुनावबाट कुनै पनि व्यापक नतिजाबाट युद्ध वा क्षति(सम्बन्धित हानिको थप जोखिमहरू सामना गर्न सक्ने विज्ञहरुले बताएका छन् । आँधी र जङ्गलमा लागेको डढेलोबाट हुने ठूलो क्षतिमा जलवायु परिवर्तनले पनि योगदान पु्र्याईरहेको छ ।  

जुरिचले गत वर्ष थप महत्वाकांक्षी तीन वर्षको वित्तीय लक्ष्यहरू निर्धारण गरेको थियो । कम्पनीले सन् २०२५ सम्मका लागि व्यवसाकि सञ्चालन मुनाफा २० र सन् २०२३ का लागि २३.१ प्रतिशतले वृद्धि गन महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको थियो ।  

कम्पनीको सेयरमूल्य २ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले ८ प्रतिशतले लाभांश वृद्धि गर्ने योजना बनाएको जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.