बुधबार, चैत्र २०,२०८१ 12:36:51
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:51
IME remit
Global IME Bank Limited

नेप्सेमा १९९० को बिन्दुमा बलियो पुलब्याकको सम्भावना, यी हुन चार आधार

Hyundai Nepal
नेप्सेमा १९९० को बिन्दुमा बलियो पुलब्याकको सम्भावना, यी हुन चार आधार
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमध्ये बजार ४ दिन नै घट्यो । अघिल्लो साता २०६२.०३ को विन्दु मा बन्द भएको बजार यो साता २००५.८३ मा बन्द भयो । यस हिसावले यो साता दोस्रो बजारमा ५६.५ अंकले गिरावट आयो ।

अघिल्लो साता पनि बजार ३४.२९ अंकले घटेको थियो । यो साता चार दिनको कारोबारमा दोस्रो बजारमा १२.३३ अर्बको मात्रै  कारोबार भयो । अघिल्लो साता भने दोस्रो बजारमा २०.४६ अर्बको कारोबार भएको थियो । यस हिसावले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबै  घट्यो  । 

यो साता बजार पूँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ३२ खर्ब ४१ अर्ब रुपैयाँ थियो । यस हिसावले यो साता ८८ अर्ब बजार पूजीकरण घट्यो ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

इचिमोकूको आधारमाः

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हा । यो इन्डिकेटर अन्य इन्डिेकटर भन्दा विश्वासिलो मानिन्छ । किनकी यसले अन्य इन्डिकेटरले भन्दा केही ढिलो संकेत दिन्छ तर विश्वासिलो हुन्छ ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्याण्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत यो साताको अन्तिम कारोबारमा डेली बेसमा इचिमोकूमा मूल्य रेखाहरु क्लाउड पोजिसनबाट तल झर्दै गरको अबस्था देखिन्छ । बेस लाइन र  कन्भर्जन लाइनमा यस अघि नै वियरिस बनेको छ । ( हर्नुहोस रातो एरो )

विगतमा यस्तो अवस्थामा बजार वियरिस भएको पाइन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस )

फिवोनासी सिद्धान्तका आधारमाः

फिवोनासी  एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ । बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। 

यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् । यो सिद्धान्तअनुसार यदि ०.२३ को टेवा २१२१, ०.३८ को टेवा २०६० तथा ०.५ को टेवा २०१२ र ०.६१ को टेवा १९६० सम्म बजार आउन सक्ने देखिन्छ । जुन तस्बिरमा हेर्न सकिन्छ ।  

बोलिङगर ,म्याक्डी ,आरएसआइको आधारमाः

साप्ताहिक रुपमा बजारलाई बोलिङगर ब्यान्ड मार्फत हेर्दा गएको ६ साता अगाडी अपर ब्याण्डमा छोएर तल खसेको बजार यो साता मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । हाल मध्य ब्यान्ड १९९० मा रहेको देखिन्छ । यदि आगामी कारोबारमा बजार यो विन्दुभन्दा माथि टिकेका खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ । 

अन्यथा बजार केही समय साइड वेज पनि जान सक्छ । म्याक्डी मार्फत हेर्दा बजार केही समय पहिले  नै वियारिस क्रस बनेको छ । साप्ताहिक रुपमा आरएसआई न्युट्रल जोनमा रहेको छ भने डेली बेसमा ओभर सोल्ड जोन नजिक ३५ मा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार करिव एउटा सपोर्ट जोनमा आएको देखिन्छ ।  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१४९

प्रतिरोध २ –२१२९

प्रतिरोध १– २०९५

पिभट प्वइन्टः २०७५

 

घटेमा सपोर्ट  

सपोर्ट १– २०२२

सपोर्ट २– २०४२

प्रतिरोध ३ –१९८८

निष्कर्षः अघिल्लो साता ३४ अंकले घटेको बजारमा यो साता ५६ अंकले गिरावट आयो । यस हिसाबले २ सातामा बजारमा ९० अंकको गिरावट आयो । बजारलाई इलिअट वेभबाट नियाल्दा एबीसी चक्रको अन्तिम विन्दु १९९० सम्म देखिन्छ । अन्य इन्डिकेटर फिवोनासी मार्फत हेर्दा पनि ०.५ प्रतिशतको करेक्नस बजारले पूरा गरेको देखिन्छ ।

 साप्ताहिक रुपमा बोलिङगर ब्यान्डबाट नियाल्दा पनि मध्य ब्यान्डको विन्दु पनि १९९० मा नै देखिन्छ । त्यसै गरि पिभट् प्वइन्छ मार्फत हेर्दा पनि तेस्रो सपोर्ट १९९० नै  देखिन्छ । यी सबै माध्यमबाट नियाल्दा बजार आगामी साता १९९० आसपासमा बलियो सपोर्ट लिएर पुल ब्याक हुन सक्छ ।

यद्यपि यहाँबाट बजारले लिएको पुल ब्याक कति बलियो हुन्छ भन्ने बिषय भने आगामी दिनको कारोबार नै नियाल्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबार को सिफारिस भने होइन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.