काठमाण्डौ । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल ‘बिग सीजी डे’ आजबाट सुरु भएको घोषणा गरेको छ।
यसवर्षको ‘बिग सीजी डे’गत कावर्षहरुभन्दा भव्य हुने र आफ्ना ग्राहकहरुलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने सिजी डिजिटलले विश्वास लिएको छ ।
‘बिग सीजी डे’को मुख्य हाइलाइटहरु ८००ं सामानहरूमा ३६ प्रतिशत सम्मको छुट, थप१० प्रतिशतसम्मको मेगा भउचर, २४ हजारसम्म क्यासब्याक ,डेल्ली गिभ अवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेता जसले आफुले किनेको समानबराबरको अर्को समान निःशुल्क किन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।
बैंक छुटको ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशतअधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्नेछन्।नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरु प्राप्त गर्न सक्नेछन्।