सोमबार, श्रावण १८,२०८३ 04:28:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:28:40
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा बीमादाबी भुक्तानी

हिमालयन लघुवित्तद्वारा बीमादाबी भुक्तानी
New Office

सप्तरी । हिमालयन लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित खरचुहिया शाखा कार्यालयले आफ्नो एक सदस्यको मृत्युपछि उनका पतिलाई बीमाको क्षतिपूर्ति बापतको रकम उपलब्ध गराएको छ । 

सो शाखा कार्यालयकी सदस्य अनुकुमारी चौधरीको निधनपछि उनका पति रामकिसुन चौधरीलाई हिमालयन लघुवित्तले बीमा दाबी रकमबापत १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो।

सप्तरी जिल्ला शम्भुनाथ नगरपालीका वडा नं.८ बैरीयाही टोलमा रहेको केन्द्र नं. ५३ कि सदस्य अनुकुमारी चौधरीले हिमालयन लघुवित्तबाट १ लाख २५ हजार रुपैयाँ कर्जा लिएकी थिईन । सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरी कर्जा बीमा गरिएको छ । त्यही सुविधाअन्तर्गत बीमितको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु २५ हजार रुपैंयाँ र सम्पूर्ण सावा ब्याज तिरिसकेको हुनाले बीमाङ्क रकम १ लाख २५ हजार र काजकिरिया खर्च रु २५ हजार गरी कुल रकम रु १ लाख ५० हजार मृतकका पतिलाई उपलब्ध गराइएको सो शाखाले जनाएको छ ।

सो केन्द्र बैठकमै पुगी केन्द्र प्रमुखको अध्यक्षतामा १ लाख ५० हजार रकम एकमुष्ट भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक महेशप्रसाद चौधरीले जानकारी दिए । 

संस्थाले दुःखको समयमा सहयोग स्वरुप रकम उपलब्ध गराएकोमा केन्द्रका सदस्यहरुले आभार व्यक्त गरेका थिए । 

कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, चौधरी र केन्द्रका संचालक राम सोगारथ राय यादव लगायतको उपस्थिति थियो 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.