काठमाण्डौ । अमेरिकामा यो महिनाको मुद्रास्फिति दर ३ प्रतिशत पुगेको छ । यो भनेको जुन महिनापछिकै उच्च हो ।
खासगरि राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशबाट आयातित बस्तुहरुमा करको दर बढाएपछि महंगी बढ्न थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
यसैगरी, अमेरिकाको कन्जुमर प्राइस इन्डेक्स अगष्ट २०२३ पछिकै उच्च ५ प्रतिशत पुगेको छ । त्यहाँस्थित अर्थशास्त्रीहरुले ट्रम्प प्रशासनको करनीति र अन्य नीतिहरुको असरले यस्तो भएको बताएका छन् ।
यहीकारण बुधबार अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । एजेन्सीहरुकाअनुसार डाउजोन करिब ४ सय अंक र एसएण्डपी ५०० मा १ प्रतिशत, नास्डक १.१ प्रतिशत र १० बर्षे ट्रेजरी यिल्डमा ४.६ प्रतिशतको गिरावट आएको छ ।