काठमाण्डौ । आज डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १४ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै पनि थपघट भएको छैन ।
आज एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि डलरको यहि विनिमयदर निर्धारण गरिएको थियो ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.२७ रुपैयाँ र बिक्रीदर १४३.९२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९१ रुपैयाँ र बिक्रीदर १६८.६७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक जापानी येनको खरिददर ८.८० रुपैयाँ र बिक्रीदर ८.८४ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४३०.२७ रुपैयाँ र बिक्रीदर ४३२.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.७२ रुपैयाँ र बिक्रीदर २७.८४ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५१.२४ रुपैयाँ र बिक्रीदर ३५२.८४ रुपैयाँ निर्धारण गरिएको छ ।