मंगलवार, असार ३०,२०८३ 09:42:37
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 09:42:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५’ फागुन १५ गतेबाट हुने

Laxmi Sunrise Bank Limited
‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५’ फागुन १५ गतेबाट हुने

काठमाण्डौ । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो (८ औं संस्करण) नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रको सबैभन्दा ठूलो बिटुबी इभेन्ट फागुन १५ गतेदेखि १७ गतेसम्म (२७ फेब्रुअरी देखि १ मार्च २०२५) काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ ।

यस वर्ष, चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरू ल्याइँदैछ । नेपाल मेडिकल एण्ड ल्याब शो चिकित्सा, शल्य चिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान प्रयोगशालाको बजार केन्द्रको रूपमा निरन्तर विकसित भइरहेको छ । समर्पित चिकित्सा तथा प्रयोगशाला मञ्चको रूपमा, एनएमएस चिकित्सा क्षेत्रका प्रमुख अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा बिक्रेता तथा अन्य खरिदकर्ता समूहहरूलाई जोड्ने एक विश्वसनीय अन्तर्राष्ट्रिय स्रोत केन्द्रको रूपमा स्थापित भएको छ ।

New Office
CG Motors
Garima Development Bank

विशेष रूपमा चिकित्सा तथा डायग्नोस्टिक्स क्षेत्रका सबै विधाहरू समेट्ने रणनीतिक प्रदर्शनीको रूपमा, एनएमएसले अन्तर्राष्ट्रिय उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दछ । यस एक्स्पोले भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायतका देशहरूबाट उच्च गुणस्तरका आपूर्तिकर्ताहरूलाई नेपालमा ल्याउनेछ । जसले नवीनतम डिजाइन, नवीनता तथा प्रविधि विकास प्रदर्शन गर्नेछन् ।

गत वर्ष, नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले नेपाल तथा अन्तर्राष्ट्रिय उद्योग, प्रदर्शक तथा आगन्तुकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । २०२४ को एक्स्पोमा ५ अन्तर्राष्ट्रिय देशहरू तथा नेपालभरका चिकित्सा समुदायहरू गरी ९,०००+ आगन्तुकहरूले सहभागिता जनाएका थिए ।

१५+ देशहरूबाट ५००+ ब्रान्डहरू तथा उत्पादकहरूले सहभागिताजनाई नेपाल बजारका लागि आफ्नो उत्पादनहरूको व्यापकदायरा प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय तथा नेपाली आगन्तुकहरू प्रदर्शनीमा प्रस्तुत गरिएका उत्पादनहरू तथा प्रदर्शकहरूबाट सन्तुष्ट भएका थिए । त्यस इभेन्टले गुणस्तरीय व्यापार आगन्तुकहरूलाई आकर्षित ग¥यो, जसले अन्तर्राष्ट्रिय तथा घरेलु आपूर्तिकर्ताहरूबाट प्रत्यक्ष रूपमा स्रोत प्राप्त गर्न सकेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको निरन्तर बृद्वि भइरहेको बजार आकारका कारण, स्वास्थ्य सेवा क्षेत्रमा नेपाल पनि तीव्र गतिमा बढिरहेको बजार बनेको छ । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले आफैंलाई यस्तो एकल उद्योग मञ्चको रूपमा स्थापित गरेको छ । जहाँ सम्पूर्ण उद्योग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकै ठाउँमा भेलाभई आपसी सहकार्य, बजार जानकारी आदानप्रदान, नवीन विचार आदानप्रदान तथा व्यवसाय गर्न सक्छन् । प्रमुख उद्योग व्यवसायीहरू यस एक्स्पोमा सहभागी भई गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णयकर्ताहरू भेट्न, तथा नयाँ भारतीय तथा अन्तर्राष्ट्रिय ग्राहकहरू प्राप्त गर्न जुट्नेछन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.