काठमाण्डौ । एसडि प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा फागुन १७ देखि १९ गतेसम्म ७ औं नेपाल मेडिकल तथा ल्याब एक्सपो आयोजना गर्ने भएको छ । उक्त एक्सपो भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
एसडिप्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुनलागेको बताए । उनले एक्स्पोमा सबैभन्दा ठूलो बिटुबि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनुका साथै यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ जसले देशै भरिका विभिन्न ग्राहकहरूको माग सम्बोधन गर्ने यसका साथै यस एक्सपोले साना तथा ठूला कम्पनीहरूलाई एकअर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताए।
यस्तै केमसान नेपालका अध्यक्ष भक्त बहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक बर्ष नयाँ आविष्कार हुने भएकाले ति कुराअस्पतालसम्म पुर्याउने उदेश्यले उक्त एक्स्पो गर्न लागेको बताए । उनले यस प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्ड सँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताए ।
उनले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८देशका उत्पादकले आफ्ना ८ सय बढी ब्राण्ड र १ हजार बढी उत्पादन प्रदर्शनीमा राख्ने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।