काठमाण्डौ । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ । यससम्बन्धी जानकारी अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले दिएको हो।
ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘युक्रेनका नेताहरूले शान्तिप्रति असल विश्वासको प्रतिबद्धता नदेखाएसम्म अमेरिकाले युक्रेनलाई सबै विद्यमान सैन्य सहायता रोक्ने निर्णय गरेको छ।’
यस प्रतिवेदनबारे अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन्। ब्लूमबर्गले युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई रोकिने बताएको छ । यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन्।
युक्रेनले यस विषयमा कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्प बीचको तातो आदानप्रदान पछि घटनाहरू द्रुत रूपमा परिवर्तन भएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                