काठमाण्डौ । आफ्नो ५ वर्षे लामो कार्यकाल अन्त्यको संघारमा रहेका नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी मंगलबारबाट १० दिन लामो बिदामा बस्ने भएका छन् ।
यसको जानकारी केन्द्रीय बैंकका सहायक सूचना अधिकारी डा. भगवत आचार्यले दिएका हुन् । बिजशालासँग कुरा गर्दै आचार्यले भने, ‘गभर्नर ज्यू भोलिदेखि १० दिन लामो बिदामा बस्दै हुनुहुन्छ । चैत १५ गतेसम्मको बिदापश्चात उहाँ पुनः ६ दिन कार्यालय उपस्थिती हुनुहुनेछ ।’
गभर्नर अधिकारीले आगामी चैत २२ गते अनिवार्य अवकाश लिने छन् । चैत १५ गतेदेखि फेरि कार्यालयमा उपस्थित भएसँगै अधिकारीले अब गभर्नरको रुपमा ६ कार्यदिन मात्रै काम गर्नेछन् ।
अधिकारीको अनुपस्थितीमा राष्ट्र बैंकको कामकाज डेपुटी गभर्नर निलम तिमिल्सिनाले गर्नेछिन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (59)(2)(367).png) 
                                        (80).jpg) 
                                        (59)(2)(366).png) 
                                        .jpg) 
                                        (59)(2)(365).png) 
                                         
                 
                 
                 
                 
                 
                 
                