काठमाण्डौ । ई–सेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्नसक्ने व्यवस्था मिलाएको छ।
यस सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाबीच हस्ताक्षर भएको हो।सम्झौताअनुसार विदेशमा रहेका नेपालीहरूले अब विश्वभर रहेका ई–सेवा मनि ट्रान्सफरका अन्तर्राष्ट्रिय साझेदारहरुमार्फत सामाजिक सुरक्षा कोषमा सहजरूपमा योगदान गर्न सक्नेछन्।
यस सम्झौताले आप्रवासी नेपालीहरूका लागि नेपालकै सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने जनाइएको छ।
ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले भने, ‘हामी नेपाली समुदायलाई सामाजिक सुरक्षामा सहभागी गराउन पाउँदा अत्यन्तै खुशी छौं। अब विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्नेछन्। यस साझेदारीले प्रविधिको सहायताले भुक्तानी प्रक्रियालाई सरल बनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षामा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं ।’
यस साझेदारीले आप्रवासी नेपालीहरूको सामाजिक सुरक्षामा योगदान गर्ने प्रक्रियालाई अझ परिष्कृत, प्रविधि(सक्षम र सहज बनाउने जनाइएको छ।