सोमबार, असार २,२०८२ 03:49:30
  • सोमबार, असार २,२०८२ 03:49:30
Global IME Bank Limited

नबिल बैंकद्वारा ५ अर्ब बढी नाफा आर्जन, वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड

Hyundai Nepal
नबिल बैंकद्वारा ५ अर्ब बढी नाफा आर्जन, वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब बढी मुनाफा आर्जन गरेको छ । बैंकले समीक्षा अवधिसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।  

यो रकम अघिल्लो आवको तुलनामा ८.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा भन सामान्य गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७.५४ प्रतिशतले बढेर १३ अर्ब पुगेको छ । बैंकले २ अर्ब २७ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब २९ करोड रुपैयाँ ट्ट्टाएको छ । अघिल्लो आवमा बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब २३ करोड रुपैयाँको व्यवस्था गरेको थियो ।  

बैंकको रिटेन्ड अर्निङ ६.७७ प्रतिशतले घटेर २ अर्ब ८७ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको रिजर्भको आकार भने ९.७४ प्रतिशतले वृद्धि भएर ३१ अर्ब ३१ करोड कायम भएको छ ।  

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १२.६क्ष्८ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२५.०५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात १९.४४ गुणा र तरलता अनुपात २६.३८ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.