सोमबार, असार २,२०८२ 12:37:27
  • सोमबार, असार २,२०८२ 12:37:27
Global IME Bank Limited

फेड अध्यक्षलाई बर्खास्त गर्ने कुनै मनसाय छैनः ट्रम्प

Hyundai Nepal
फेड अध्यक्षलाई बर्खास्त गर्ने कुनै मनसाय छैनः ट्रम्प
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)का अध्यक्ष जेरोमी पावेललाई बर्खास्त गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । पछिल्लो समय पावेलको चर्को विरोध गर्दै आएका ट्रम्पले मंगलबार ओभल अफिसमा यस्तो बताएका हुन् ।  

गत शुक्रबार अमेरिकाको ‘नेशनल इकोनोमिक काउन्सिल’का डाइरेक्टर केभिन हास्सेटले पावेललाई बर्खास्त गर्न कति सम्भव छ भनेर ट्रम्प लागिपरेको बताएपछि ट्रम्पले पावेलबारे ताजा अभिव्यक्ति दिएका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपी ट्रम्पले ब्याजदर कटौती गर्ने कुरामा पावेल सक्रिय भएको हेर्न चाहेको बताएका छन् । यसका साथै ट्रम्पले चीनसँगको व्यापारिक सम्बन्ध सुधार हुनेमा आफू विश्वस्त रहेको. बताएका छन् ।  

गत साता ट्रम्पले फेड अध्यक्ष पावेललाई निकम्मा र असफल भनेका थिए । सेयर बजारमा आईरहेको निरन्तरको गिरावटपश्चात उनको यस्तो अभिव्यक्ति बाहिरिएको थियो ।  

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अर्थात सन् २०१७ मा पावेललाई फेडको अध्यक्ष चयन गरेका थिए । तत्कालिन राष्ट्रपति जो बाइडेनले पावेललाई सन् २०२१ को अन्त्यमा दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष नियुक्त गरेका थिए ।  

यो वर्ष फेडले ब्याजदरमा कुनैपनि कटौती गरेको छैन । गत वर्ष भने फेडले १ प्रतिशतले ब्याजदर घटाएको थियो ।  

पावेललाई बर्खास्त गर्ने अधिकार ट्रम्पसँग भएको वा नभएको बारे स्पष्टता नरहेको जनाइएको छ । यसअघिका कुनैपनि राष्ट्रपतिले फेड अध्यषलाई बर्खास्त गरेको उदाहरण छैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.