Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 05:24:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साइबरनेटिक्स र ग्राण्डी अस्पतालबीच सम्झौता, विदेशमा रहेकाले स्वदेशमा भएका परिवारका लागि स्वास्थ्य सेवा खरिद गर्न सक्ने

Bizshala
साइबरनेटिक्स र ग्राण्डी अस्पतालबीच सम्झौता, विदेशमा रहेकाले स्वदेशमा भएका परिवारका लागि स्वास्थ्य सेवा  खरिद गर्न सक्ने
Shivam Cement

काठमाण्डौ । साइबर नेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झदारीअन्तर्गत, दुबै संस्थाले विदेशमा रहेका व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा–बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् ।  जसले विश्वभरि रहेका छोराछोरी तथा आफन्तले अनलाइनकबाट सेवा खरिद गरी आफ्नो नेपालमा रहेका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछन्।

यस प्याकेजअन्तर्गत विशेषगरी पूर्ण स्वास्थ्य परीक्षण , प्याथोलोजी सेवाहरू,निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परिक्षणको सुबिधा लिन सकिनेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सम्झौतापत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरे । समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

CG Motors
Garima Development Bank
IME remit

समारोहमा बोल्दै ग्राण्डी अस्पताल प्रमुखले भने, ‘विदेशमा रहेका नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा अनलाइनबाट खरिद गरी प्रदान गर्न सक्नेछन्। यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो।’

त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्सन्या छ्योनले भने ,‘हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले आफ्नो मातृभूमि नेपालमा बस्ने आफन्तजनहरुलाई स्वास्थ्य सेवा सुबिधा पुर्याउने यात्रामा छौं।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.