काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहका बीच सामाजिक सञ्जालमा उनले लगाएको घडीका बारेमा व्यापक चर्चा भईरहेको छ । अनन्तले लगाएको घडीको ध्यान मेटाका सीईओ तथा अमेरिकी धनाढ्य मार्क जुकरबर्ग र उनकी पत्नीको ध्यान समेत तानेको छ ।
जुकरबर्ग र उनकी पत्नी प्रिसिला चान अनन्तले लगाएको घडीबारे चासो व्यक्त गरेका छन् । दुवै जना दम्पत्ति गुजरातको जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुन पुगेका थिए ।
सामाजिक सञ्जालमा भाईरल भईरहेको एउटा भिडियोमा जुकरबर्ग दम्पत्ति अनन्तले लगाएको घडीका देखेर अचम्मित बनेको र त्यसबारे चासो व्यक्त गरेको देखिन्छ । चानले घडिको प्रशंसा गरिरहेको देखिन्छ । यो भिडियो बाहिरिएसँगै अनन्तले लगाएको रिचर्ड मिल टाइमपीस घडीको ब्राण्डबारे चर्चा सुरु भएको छ ।
यो घडीको मूल्य १५ करोड भारु पर्ने जनाइएको छ ।
जुकरबर्गले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत अनन्त र राधिकाको जोडीलाई विवाहको शुभकामना दिदै भारतीय विवाहको प्रशंसा गरेका छन् ।
एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको छोराको विवाह समारोहमा मार्क जुकरबर्ग,बिल गेट्स,गौतम अडाणी,रिहाना लगायत प्रभावशाली व्यक्तिहरु सामेल भएका छन् । -एजेन्सी