काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरु मात्रै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को लाभांशका लागि योग्य हुने भएका छन् । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
गत चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले यही वैशाख २८ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङक्वेटमा बिहान १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ ।