शनिबार, बैशाख ५,२०८३ 05:44:26
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 05:44:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न छुट्टै कम्पनी बनाइनेः बैंकको लाभांश क्षमता बढ्ने, लगानीकर्ता उत्साहित

Bizshala
गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न छुट्टै कम्पनी बनाइनेः बैंकको लाभांश क्षमता बढ्ने, लगानीकर्ता उत्साहित
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका लागि टाउको दुखाईको विषय बनिरहेको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जाको अब व्यवस्थापन हुने भएको छ ।  

बैंकर तथा निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जामा गणना हुन आउने धितो(सम्पत्ति)हरुको व्यवस्थापनका लागि अलग्गै कम्पनी स्थापना हुने सरकारले घोषणा गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जा व्यवस्थापनका लागि अलग्गै कम्पनी स्थापना गरिने घोषणा गरे । 

यस्तो कम्पनीले बैंकहरुको खराब कर्जा बढाउने मुख्य कारक बनेका सम्पत्तिको व्यवस्थापन गरिदिने र यसले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्यमा आमूल सुधार आउने अपेक्षा गरिँदै आएको छ । पछिल्लो समय बैंकहरुको लाभांश क्षमतामा गम्भीर ढंगले हिट गरिरहेको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन हुन थालेपछि बैंकको लाभांश क्षमता बढ्ने र यो क्षेत्र समेत पुनः सेयर बजारमा आकर्षणको केन्द्र बन्ने देखिन्छ । 

CG Motors
Garima Development Bank
IME remit

यसैगरी, सरकारले आगामी आर्थिक वर्षभित्र नै डिजीटल बैंक स्थापनाको समेत घोषणा गरेको छ ।  

हाल नेपाल राष्ट्रबैंकको गभर्नरको नियुक्तिमा स्वार्थ समूहहरुले विभिन्न पात्रहरुलाई अगाडि सार्दै करोडौं खर्च गर्नु पछाडिको मुख्य कारण समेत एसेट म्यानेजमेन्ट कम्पनी र डिजीटल बैंकको लाइसेन्स हो । चलखेल गर्नेहरुको स्वार्थलाई पूरा हुने गरी सरकारले एसेट म्यानेजमेन्ट कम्पनी र डिजीटल बैंक स्थापनाको घोषणा गरेको हो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.